जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहले लिए बम विस्फोटको जिम्मा

  • चैत्र १, २०७७
  • समृद्धिपथ
alt

लहान । सिरहाको लहान स्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइत समूहले लिएका छन् ।

आइतबार पौने १ बजेको समयमा सिरहाको लहनास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको घटना गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी( ले प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको हो ।

विगत १७ वर्षदेखि मधेस स्वतन्त्र देश हुनुपर्ने माग राख्दै सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेसमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गराएको जनाएको छ ।

अहिले उत्पन्न परिस्थितिको जिम्मेवार केन्द्र र प्रदेश सरकार हुने पनि जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । अवस्थामा सुधार नआए यसभन्दा पनि उच्च स्तरको कारबाही गर्ने चेतावनी पनि गोइत समूहले दिएका छन् ।

बम विस्फोटमा परी मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको छ ।

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A