लहान, असोज २३ । सिरहा निर्वाचन क्षेत्र नं १ बाट नेकपा एमाले र जसपाका संयुक्त उम्मेदवारका रुपमा रामशंकर यादवले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
सिरहा १ को प्रदेश तर्फभने ‘क’ मा नेकपा एमालेका नेता राजेन्द्र चौधरी र ‘ख’ बाट जनता समाजवादी पार्टीका नेता राजकुमार गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी सत्ता गठबन्धनका तर्फबाट सिरहा १ मा नेपाली कांग्रेसका पदम नारायण चौधरीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश तर्फ ‘क’ मा नेपाली कांग्रेसका नेता सुनिल महतो र ‘ख’ मा एकिकृत समाजवादीका नेता अशोक यादवले उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा यादव नेकपा एमालेबाट प्रदेश सभासदस्यमा निर्वाचित भएका थिए ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A