जीवछ उदासी
लहान,कातिक ८ गते ।
सिरहा-१ क प्रदेशबाट स्वतन्त्र उम्मेदबारी दिनु भएको सुरेश कुमार यादवले दलहरु सच्चिए अभियान टुङगिने बताउनु भएको छ ।
लहानको गोपाल सेवा समितिमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो चुनावी प्रतिवद्धता सार्वजानिक गर्दै यस्तो बताउनु भएको हो ।
राजनीतिक दलहरुले प्रतिवद्धता गर्ने चुनाव जितेर जाने तर फर्केर नआउने प्रवृतिको बिरोधमा स्वतन्त्र उम्मेदबारी लहर आएको भन्दै आफ्नो उम्मेदबारी दिएको यादवले प्रष्याउनुभयो ।
यस प्रदेशमा सिंचाइ ,किसानको लागि बजार व्यवस्थापन र पर्यटक क्षेत्रको विकासको लागि जारी गरेको प्रतिवद्धता पुरा गर्न उम्मेदबारी दिएको उम्मेदबार यादवले भन्दै बोलीलाई व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्नुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A