निर्वाचनमा उत्साहित छैनन् सिरहाका मतदाता, भन्छन्- ‘जितेर गएपछि फर्केर आउदैन’

  • कार्तिक २३, २०७९
  • समृद्धिपथ
alt

सिरहा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै जाँदा पनि मतदाताहरुमा उत्साह देखिएको छैन ।

राजनीतिक दलका उम्मेदवारहरु मतदाताको घर घरमा पुगेपनि यसपटक विगतको जस्तो मतदाताहरूमा उत्साह देखिएको छैन । दलहरूले आयोजना गर्ने चुनावी भेटघाट कार्यक्रममा पनि उनीहरूको सहभागिता उत्साहजनक देखिएको छैन ।

निर्वाचनमा मात्रै गाउँ टोलमा पुग्ने निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरू गाउँ नफर्किने गरेको नागरिकहरूले गुनासो पोख्ने गरेका छन् । ‘नेता भोट माग्न मात्रै गाउँ आउँछन्, भोट सकेपछि फर्केर हेर्दैनन्,’ लहान नगरपालिका वडा नम्बर ९ का संजय कुमार साहले भन्नुभयो ।

साह जस्तै लक्ष्मीपुर पतारी गाउँपालिकाकी हदिसा खातुनलाई पनि उम्मेदवारले नागरिकहरूको समस्या नबुझेको बताइन् । विगतमा उम्मेदवारहरूले गरेको प्रतिबद्धताहरू पूरा नगर्ने र निर्वाचन आउँदा मात्रै गाउँ आउने गरेको नागरिकहरूको गुनासो छ ।

गाउँ गाउँमा अझै पक्की सडक, विजुली, कृषि सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, पशुपालन व्यवसायमा समस्या भोग्दै आएका छन् । विगतका निर्वाचित जनप्रतिनिधिहरुले नागरिकको समस्याहरूलाई समाधान गर्न नसक्दा मतदाताहरूलाई निर्वाचनमा उत्साह नदेखिएको नागरिक अगुवा रामसेवक शर्माको बुझाइ रहेको छ । दलका नेतृत्व र उम्मेदवार गाउँ गाउँमा पुग्दा आफ्ना समस्याहरू नागरिकहरूले सुनाउने गरेका छन् ।

निर्वाचन भन्दा अहिले किसानलाई धान भित्रयाउने चटारो परेको छ । पाकिसकेको धान भित्र्याउन ढिलो भयो भने नोक्सान हुने ठरले धान काटने तिर किसानको ध्यान केन्द्रित भएको स्थानीय बद्र पासमान बताउँछन् ।

वर्षा भयो भने धान नोक्सान हुने डरले उनीहरु आकाश हेर्दै धमाधम धान भित्र्याउन थालेका छन् । उम्मेदवार तथा नेता कार्यकर्ता प्रचार सामग्री बोकेर टोल टोलमा पगेका बेला किसान खेतबारीमा हुने गरेका छन् ।

सिरहामा यसपटक नेकपा एमाले जसपा गठबन्धन र सत्ता गठबन्धन दल मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । सत्ता गठबन्धन बढी सित जित्ने दाउमा छन भने एमाले जसपा गठबन्धन यसपटक चारवटै निर्वाचन क्षेत्रको प्रदेशसभा र प्रतिनिधि सभा जित्ने दाउमा छन ।

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A