प्रतिनिधी र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न

  • मंसिर १, २०७९
  • समृद्धिपथ
alt

एलिना हिङ्गंमाङ्ग चौधरी,

लहान, १ मंसिर । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेश प्रदेशका ६ पालिका र प्रदेश नं. १ को उदयपुर जिल्लाको दुई वटा नगरपालिकामा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा खसेको मतहरु वदर नहोस भन्ने उदेश्यले आई एफ एस नेपालको सहयोगमा समग्र विकास सेवा केन्द्रको आयोजनामा सिरहाको लहान र कर्जन्हा नगरपालिका, सप्तरीको सुरुङ्गा र शम्भुनाथ नगरपालिका, धनुषाको जनकपुर उपमाहानगरपालिका र धनुषाधाम नगरपालिकामा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम गरिएको छ ।

त्यस्तै प्रदेश १ को त्रियुगा र चौदण्डी नगरपालिका गरि ८ वटा पालिकामा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम गरिएको समग्र विकास सेवा केन्द्रको कार्यकारी निर्देशक डा.प्रेमराज ढुंगेलले जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा ४ जिल्लाका ८ पालिकाका १५ हजार ५ सय ५० घरधुरीका ६२ हजार २ सय जनसंख्यामा समावेश गरेर घरघरमा गएर मतदाता शिक्षा दिएको थियो भने २४ ठाउँमा नमुना मतदान कार्यक्रम गरेको उक्त नमुना मतदान कार्यक्रममा ३ हजार दुई सयले मतदान गरेका थिए ।

नमुना मतदानमा सहभागी एक बृद्ध बद्री नारायण चौधरीले यो मतदाता शिक्षा र नमुना मतदानले आफूलाई मतदान गर्न सजिलो हुने बताउनुभयो । नमुना मतदानमा स्थानीयहरुको बढी मात्रामा महिलाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

कार्यक्रम मंसिर ४ गते प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य हुने निर्वाचनमा ४ वटा मतपत्रमा एउटा मतपत्रमा एक ठाउँमा मात्र मत सही तरीकाले लगाएमा मत सदर हुन्छ । प्रतिनिधी सभाको पहिलो हुने निर्वाचन प्रणालीको लागि रातो रंगमा निर्वाचन चिन्हमा कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत गरी सोही रंगको मतपेटिकामा खसाल्नुपर्छ ।

प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालिको लागि कालो रंगमा राजनैतिक दलको निर्वाचन चिन्हमा मत संङ्केत गरि सोही रंगको मतपेटिकामा खसाल्नुपर्दछ ।

प्रदेश सभाको पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीको लागि रातो रंगको निर्वाचन चिन्हमा कुनै एक उमेदवारको निर्वाचन चिन्हमा मत संङ्केत गरी सोही रंगको मतपेटिकामा खसाल्नुपर्दछ । प्रदेश सभा समानुपातिक निर्वाचन प्रणालीको लागि कालो रंगमा निर्वाचन चिन्हमा राजनैतिक दलको निर्वाचन चिन्हमा मत संङ्केत गरी सोही रंगको मतपेटिकामा खसाल्नु पर्दछ ।

मतदान गर्न जादा के लिएर जाने के के कुरामा ध्यान दिने भन्ने विषयमा समेत जानकारी गराउदै नमुना मतदान केन्द्र वनाएर कार्यक्रम गरेको समग्र विकास सेवा केन्द्रका संयोजक अरुण कुमार चौधरीले वताउनु भयो । कार्यक्रम स्थानीय तहको सहयोगमा सम्पन्न गरिएको र सुरक्षा निकायले पनि पूणर् रुपमा सहयोग गरेको थियो ।

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A