मंसिर २४ , काठमाडौँ । नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फको प्रदेश सांसदको नाम टुंगो लगाएको छ। अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले नौ जना प्रदेश सांसदको नाम छनोट गरेको हो।
सो पार्टीका तर्फबाट प्रदेश १ मा विद्या चाम्लिङ राई प्रदेश सभा सदस्य चयन भएकी छन्।
मधेश प्रदेशबाट रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम छनोट गरिएको छ।
त्यस्तै, बागमतीबाट मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठ चयन भएका छन्।
लुम्बिनीबाट भगवती अधिकारी, कर्णालीबाट कल्याणी खड्का र सुदूरपश्चिमबाट माया पन्तको नाम चयन भएको सो पार्टीका महासचिव बेदुराम भुसालले जनाएका छन्।
बैठकले चुनावको समीक्षा प्रतिवेदन पुस ५ गतेभित्र पठाउन पनि मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ।
प्रतिनिधि सभाको चुनावमा भने ३ प्रतिशत मतको थ्रेसहोल्ड कटाउन नसकेपछि सो पार्टीले समानुपातिकतर्फ सांसद पाएन।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A