काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसले प्रधानमन्त्री र गृहमन्त्रीको पत्नीलाई समानुपातिक सांसद बनाएको छ ।
समानुपातिक तर्फको ३२ सांसदको नाम निर्वाचन आयोगमा बुझाउँदा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नीको नाम पनि समावेश गरिएको हो ।
महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजू देउवा राणा र गृहमन्त्री खाणकी पत्नी मञ्जु सांसद हुनुभएको हो । प्रधानमन्त्री र गृहमन्त्री दुवैको पत्नी समानुपातिकमा अटेपछि कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ।
समानुपातिकको ब्यवस्था पहुँच नहुनेका लागि आरक्षणका रुपमा राखिएको हो । तर सरकारको नेतृत्व गरेकै दल कांग्रेसले सभापति तथा प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँडका पत्नीलाई ल्याएको हो ।
यी हुन समानुपातिक सांसदहरूः
आदिवासी जनजातितर्फ:
१) सरस्वती बजिमय
२) लिलादेवी बोखिम
३) सिता कुमारी राना
४) सुशीला थिङ
५) सपना राजभण्डारी
६) माया राई
७) कुसुम थापामगर
८) मनोरमा सेरचन
खस आर्यतर्फ
१) अम्बिका बस्नेत
२) सरिता प्रसाईं
३) आरजु राणा देउवा
४) ईश्वरी न्यौपाने
५) प्रतिमा गौतम
६) मञ्जु खाँण
७) रमा कोइराला पौडेल
८) कान्तिका सेजुवाल
९) मैना रावल कार्की
मधेशी तर्फ
१) नागिना यादव
२) मुक्ता कुमारी यादव
३) चन्दा चौधरी
४) संगिता मण्डल
५) निनुकुमारी कर्ण
दलित तर्फ
१) शान्ति विक
२) रुपा विक
३) सीता मिजार
४) आशा विक
थारु तर्फ
१) कल्पना चौधरी
२) विना कुमारी थनेत
मुस्लिम तर्फबाट
१) जावेदा खातुन् जागा
पुरुष
१)जीवन परियार (दलिततर्फ)
२) विमलेन्द्र निधि (मधेशतर्फ)
३) प्रकाशशरण महत (खस आर्यतर्फ)
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A