मंसिर २४ , काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले उमरावती यादवलाई समानुपातिक सांसद चयन गरेको छ। त्यस्तै, सो पार्टीले लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यमा राजु नेपालीको नाम छनोट गरेको छ। केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो।
नेसपाले माओवादी केन्द्रकै हसियाँहथौडा चुनाव चिह्नमा चुनाव लडेको थियो। त्यसैले यादवको नाम माओवादीले सिफारिस गरेको समानुपातिक सूचीमा समावेश छ।
दुई दिनसम्म चलेको पदाधिकारी बैठकमा सो पार्टीले चुनावी समीक्षा पनि भएको जनाएको छ। साथै, पुस १५ भित्र राजनीतिक समितिको बैठक बस्ने निर्णय भएको सो पार्टीले जनाएको छ।
नेसपाबाट सर्लाही २ मा महिन्द्र राय यादव निर्वाचित भएका छन् भने प्रदेश सभामा सिन्धुली र गोरखाबाट गंगा श्रेष्ठ र फणीन्द्र देवकोटा विजयी भएका छन्।
-नेपालखबर
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A