सत्ता समीकरणका लागि एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाबीच बालकोटमा वार्ता जारी

  • पुष १०, २०७९
  • समृद्धिपथ
alt

पुस १० , काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास वालकोटमा सत्ता समीकरणका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई वार्तामा बसेका छन्।

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नदिएर धोका दिएको भन्दै बालुवाटारबाट निस्किएका प्रचण्ड खुमलटारमा केहीबेर आराम गरेपछि बालकोट सत्तामा समीकरणका लागि वार्तामा बसेका हुन्। 

२०७७ फागुनमा तत्कालीन नेकपा विभाजन भएपछि पहिलो पटक ओलीसँग वार्ताका लागि प्रचण्ड बालकोट पुगेका हुन्।

यसअघि यी दुई नेताबीच यसअघि बुधबार र बिहीबार राष्ट्रपतिको कार्यालय र संसद भवनमा केही बेर कुराकानी भएको थियो।

राष्ट्रपतिको कार्यालयमा खुलेको संवादको ढोका अब सत्ता सहकार्य नै अगाडि बढाउने गरी यी दुई नेताबीच बालकोटमा संवाद हुन लागेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमामा गठबन्धनले बहुमत पुर्याउन प्रयास गरेपनि पहिला को प्रधानमन्त्री बन्ने भन्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति नभएपछि गठबन्धन भाँडिएको हो । त्यसको विकल्पमा सरकार बनाउन बालकोटमा छलफल थालिएको हो ।

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A