भायानेटकी सीईओ बोहरा वर्ष व्यावसायिक महिला २०२३ बाट सम्मानित

  • असार २९, २०८०
  • समृद्धिपथ
alt

काठमाडौँ । भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको व्यावसायिक महिला २०२३ बाट सम्मानित गरिएको छ ।

“स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३’’ मा आयोजित एक समारोह बीच सीईओ बोहरालाई सम्मान गरिएको हो ।

यस सम्मानबाट सीईओ बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तिकरणको लागि अटल प्रतिबद्धता झल्काउँछ। सीईओ बोहरा चार्टर्ड एकाउन्टेन्टदेखि नेपालको प्रमुख मध्यको एक आईएसपी कम्पनीको नेतृत्वसम्मको यात्रा उदाहरणीय व्यक्तित्व भएको कम्पनीको भनाइ रहेको छ ।

सन् २०११ मा नेपालमा पहिलो पटक फाइबर टु द होम (FTTH) प्रविधिसंचालनमा ल्याउने टोलीको अभिन्न अंगको रूपमा सीईओ बोहरा नेपाली घर-घरमाइन्टरनेट जडानको अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गर्न महत्वपूणर् भूमिका निर्वाह गर्नु भएको कम्पनीले जनाएको छ ।

सीईओ बोहराको मार्गदर्शनमा भायानेट कम्युनिकेसन लिमिटेडले ९० शहरहरूमा आफ्नो नेटवर्क विस्तार गरेको, ५१ शाखाहरू स्थापना गरेको र १५०० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिएको छ ।

भायानेट कम्युनिकेशन लिमिटेडमा सीईओ बोहराको नेतृत्वले नयाँ परिवर्तन र ग्राहक सन्तुष्टिको लागि अथक प्रयासलाई अघि बढाएको छ भने कम्पनी अत्याधुनिक उत्पादन र सेवाहरू प्रदान गर्न समर्पित रहेको जनाइएको छ ।

भरपर्दो र उच्चगतिको इन्टरनेट सेवालाई देशका बिभिन्न शहर र दुरदराजमा समेत सेवा बिस्तार गरेर व्यक्ति र व्यवसायहरूलाई डिजिटल युगमा फस्टाउन सक्षम बनाउँदै सिमलेस कनेक्टिभिटी सुनिश्चित गर्ने भायानेटको निरन्तर प्रयास रहेको पनि जनाएको छ ।

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A