जीवछ उदासी
लहान,साउन ८ गते ।
लहान-३ स्थित प्रदेशिक अस्पताल लहानमा उपचार गराउन आउने विरामीहरुको चाप ह्वातै बढेका छन् ।
प्रादेशिक अस्पताल नामाकरण भएपछि चिकित्सक उपकरण र कर्मचारीहरुको संख्यामा वृद्धि भएपछि विरामीका चाप बढेका हुन् ।
अस्पतालको मेडिकल सुपरीडेन्टेड सुनिल कुमार कुशवाहाका अनुसार ओपिडीमा प्रत्येकदिन डेढ सयदेखि दुइसयसम्म विरामीहरुको उपचार हुनेगर्दछ । ओपिडीमा आठजना चिकित्सक दर्जनौ प्रकारका जाँच सुविधासम्पन्न प्रयोगशाला आधुनिक एक्सरे भिडियो एक्सरे र थाइरेडको समेत जाँच हुने यस अस्पतालमा अहिले चिकित्सकहरुको सन्तुलित टिमले उपचार गराउन आउने विरामीहरु उपचार पाएर खुशी भइ फर्किरहेका छन् ।
विल काट्ने काउन्टरमा महिला पुरुषको दुइवटा लाइन लागेपनि विल काट्ने काउन्टरमा एक जना मात्रै कर्मचारी हुँदा निकै सास्ती खेप्नुपरिरहेको विरामीहरुले गुनासो पोख्दै व्यवस्थापन पक्ष सरसफाई र चिकित्सक बस्ने कोठाहरु व्यवस्थित हुनुपर्ने माग गरेका छन् ।
प्रदेशिक अस्पतालममा परिणत हुँदा दाता परिवार राम कुमार शारडा र उमा प्रसाद मुरारकाको नाम हटाएपछि दाताद्वय रुष्ट भएकोले अस्पताल परिसरका जग्गा अस्पतालको नाउँमा दर्ता हुन सकिरहेको छैन् । दाताहरुको नाम समावेश गरी जग्गा अस्पतालको नाउ्ँमा रजिष्ट्रेशन गरी थप भवन निर्माण गरी प्रदेश स्तरको मापदण्ड अनुसारको भौतिक संरचना बन्नुपर्ने स्थानीयहरुले माग गरिरहेका छन् ।
यता दाता परिवारका मुरारीलाल मुरारकाले दाताको नाम राखेको भोलीपल्ट नै जग्गा पास गरिदिने भन्दै सरोकारवालाहरुले सामुहिक पहल गर्नुपर्ने बताउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A