राजा देखि बिप्लवसम्म अटाउने ब्यवस्था आवाश्यक: कमल थापा

  • आश्विन २७, २०८०
  • समृद्धिपथ
alt

ललितपुर, २७ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजादेखि बिप्लब माओवादीसम्म सबै अटाउने राज्य ब्यबस्था नल्याय मुलुक थप सड्ढटमा फस्ने चेतावनी दिएका छन् ।

थापाले सबैलाई समुचित स्थान नदिने र निशेधको राजनीति कायम राखिराख्ने हो भने जनताले अब सडकबाटै ब्यबस्था परिबर्तन गर्ने बताए ।

मुकुकमा अहिले कायम भ्रष्टतन्त्र, कुशासन , बेरोजगारी ,धर्मपरिबर्तनको अन्त्यलाई अब कसैले रोक्न नसक्ने बताउदै थापाले जनता जागे पछि कसैको केही नलाग्ने जिकिर गरे । "जनता वाक्क दिक्क छन् , मनपरितन्त्र हाबी छ, भ्रष्टाचारले सिमा नागेको छ,यस्तो बेलामा जनता टुलुटुलु बस्छन् भनेर सोच्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ, अब जनताले बिकल्प खोज्छन् " थापाले भने ।

देशको स्वाधिनता र स्वाभिमान कमजोर भन्दै थापाले आत्मसमर्पणबादी मानसिकताबाट ग्रस्त सरकारले स्वाधिनताको रक्षा गर्न नसक्ने दाबी गरे । राप्रपा नेपाल आन्दोलनको माध्यमबाट मुकुकको ब्यबस्था र अबस्था  परिबर्तन गर्न अगाडी बढ्ने स्पष्ट पार्दै थापाले राप्रपा नेपालको एजेन्डा स्थापित गर्दा कसैले अपमानित र निशेधको अनुभुती गर्नु नपर्ने ,सबैलाई सम्मान हुने बताए । 

लोकतन्त्र ,हिन्दुत्व,सुशासन  र  समृद्धिको बाटोबाट मुलुकलाई अगाडि बढाईने हुंदा अब सबै नेपाली जनताको साथ र सहयोगमा आन्दोलन केन्द्रित हुन र सहयोगको निमित्त जनमानसमा आग्रह गरे ।

कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल ,भाष्कर भद्रा, श्याम धिमिरे,श्याम नेपाल ,सुदर्शन केसि लगायतले बोलेका थिए ।

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A