धनगढी पुगेर प्रचण्डले भने– कांग्रेस पार्टी हो कि मोर्चा? केपी ओली वास्तविक एमाले हाइनन् : प्रचण्ड

  • आश्विन २९, २०८०
  • समृद्धिपथ
alt

धनगढी, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस पार्टी हो कि मञ्च भनेर बुझ्न नसकिएको बताएका छन्। 

धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेसबारे प्रष्ट हुन नसकेको टिप्पणी गरे।

उनले नेकपा एमालेभित्र पहिलोपटक ठूला चिरा परेको पनि बताए। 'पहिलोचोटी एमालेभित्र ठूल्ठूला चिरा परेको देखिएको छ। राम्रो बुद्धि पुर्‍याउने हो भने त्यसलाई राम्रोसँग सदुपयोग गर्ने सम्भावना बढी छ,' उनले भने।

प्रधानम्त्री प्रचण्डले केपी ओली वास्तविक एमाले नभएको टिप्पणी गरेका छन्। ‘अहिले एमालेको नेतृत्व जसले गरेको छ। उहाँ रियल एमाले होइन, उहाँ संघीयतावादी, गणतन्त्रवादी होइन’, प्रचण्डको आरोप छ।

यसका साथै उनले भ्रष्टाचारका सबै फाइल मिलाएर खोलिरहेको दाबीसमेत गरेका छन्। सरकारले भ्रष्टाचारविरुद्ध अभियान र सुशासनको पक्षमा ठूलो काम गरेको प्रचण्डको भनाइ छ।

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A