गायक तथा संगीतकार बप्पी लाहिडीको निधन

  • फागुन ४, २०७८
  • समृद्धिपथ
alt

काठमाडौं। चर्चित गायक तथा संगीतकार बप्पी लाहिडीको निधन भएको छ । ६९ वर्षीय बप्पीले मुम्बइको एक अस्पतालमा अन्तिम सास लिए । बप्पी अब्स्ट्रक्टिभ स्लिप एपनिया (ओएसए) र रिकरेन्ट चेस्ट इन्फेक्सनबाट ग्रसित थिए । बप्पीलाई ओएसएको समस्या विगत एक वर्षदेखि थियो । डा. दीपक नामजोशीले उनको उपचार गरिरहेका थिए । बप्पी विगत २९ दिनदेखि मुम्बइबो जुहूस्थित क्रिटकेयर अस्पतालमा भर्ना थिए । निधनभन्दा १ दिन पहिले १५ फेब्रुअरीमा उनलाई ठिक भएपछि डिस्चार्ज गरिएको थियो ।

अस्पतालबाट विदा भएको एक दिनमै बप्पीको स्वास्थ्य बिग्रियो । उनलाई गम्भीर अवस्थामा फेरि क्रिटकेयर अस्पतालमा लगियो । गएराती करिब पौने १२ बजे बप्पीको निधन भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बप्पीलाई ट्वीटरमार्फत श्रद्धाञ्जली दिएका छन् । उनले लेखेका छन् ‘श्री बप्पी लाहिडी जीको संगीत सर्वागिण थियो । विभिन्न भावनाहरुलाई व्यक्त गर्ने किसिमको थियो । कैयौं पिढीका मानिसहरु उहाँको संगीतमा आफू जोडिएको महसुस गर्छन् । उहाँको हँसिलो स्वभाव सबैलाई याद रहनेछ । उहाँको निधनबाट दुखी छु । उहाँका परिवार र प्रशंशकप्रति समवेदना । ओम शान्ति ।

बप्पी लाहिडीको वास्तविक नाम आलोकेश लाहिडी हो । उनले ७०-८० को दशकमा बलिउडमा एकसे एक आइकोनिक गीत दिएका छन् । मिथुन चक्रवर्तीको चर्चित गीत ‘आइ एम अ डिस्को डान्सर’जस्तो चर्चित गीत बनाएका बप्पीलाई त्यसपछि डिस्को किंग भन्न थालिएको थियो । बप्पीले १९७३ मा नन्हा शिकारी फिल्ममा आफ्नो पहिलो म्युजिक स्कोर दिएका थिए । उनको पछिल्लो गीत २०२० मा बागी ३ फिल्ममा थियो ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A