गुटलाई समाप्त गर्न बुद्धिजीवीहरु सक्रिय हुनुपर्छ: इन्चार्ज सिंह

  • भदौ ८, २०७९
  • समृद्धिपथ
alt

 

जीबछ उदासी 

लहान,भदौ ८ गते । 

नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेशका इन्चार्ज अर्जुन सिंहले नेकपा एमालेभित्र देखिएको गुटलाई समाप्त पार्नु पर्ने बताउनु भएको छ । 

बुद्धिजीवी परिषद सिरहा -१ को क्षेत्रीय कमिटिको अध्यक्ष मनोयन गर्ने लहान नगरकमिटिको पार्टी कार्यालय लहानमा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । 

 एकातिर एमालेको बिरोधमा पाँच दल एक ठाउँमा गठबन्धन गरेको छ अर्कोतर्फ पार्टीभित्रै जिम्मेबार नेताहरुबाट अन्तर्घात हुँदा मधेस प्रदेशमा एमालेको अवस्था मधेस प्रदेशमा सोचेको जस्तो देखिएन इन्चार्ज सिंहले सुझाउँदै भन्नुभयो,'स्थानीय चुनावमा निरासाजनक परिणाम आउनुको कारण अन्तर्घात र गुट णएकोले बुद्धिजीवी परिषदले पार्टीको आन्तरिक एकता कायम गरेर मंसिर ४ गते नेकपा एमाले देश र मधेसको ठूलो पार्टी बनाउन भूमिका खेल्न आवश्यक छ ।'

 क्षेत्रीय अध्यक्ष राज कुमार मल्ल केन्द्रीय कमिटिमा चयन भएकोले क्षेत्रीय अध्यक्षमा इश्वर बहादुर बस्नेतलाई मनोयन गरेको छ भने लहान नगर कमिटिको अध्यक्षमा दोस्त बहादुर भट्टराई उपाध्यक्षमा राम बिलेक्षण सिंह,सचिवमा इन्द्रदेव चौधरी,सह सचिवमा जितेन्द्र महतोलाई चयन गरेको जिल्ला अध्यक्ष भैरव प्रसाद गेलालले निर्णय सुनाउनुभयो । 

चयन भएका कमिटिहरुलाई मधेस प्रदेशका अध्यक्ष बलराम थापाले धन्यवाद ज्ञापन गर्दै बुद्धिजीवी परिषदलाई सक्रिय बनाउन शुभकामना दिनुभयो । 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A