सिरहा एमालेभित्र विद्रोहः पूर्व सांसदसहित नेता कार्यकर्ताले पार्टी छाडे

  • फागुन २, २०८२
  • समृद्धिपथ
alt

सिरहा, २ फागुन। सिरहामा नेकपा एमालेभित्रै गम्भीर असन्तोष बढेको देखिएको छ। शनिवार गोलबजारमा आयोजित पत्रकार सम्मेलनमा दुई पूर्व सांसदसहित पाँच दर्जनभन्दा बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। यस घटनाले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी र स्थानीय राजनीतिक सन्तुलनमा असर पार्ने अनुमान गरिएको छ।

पार्टी परित्याग गर्नेहरूमा निवर्तमान सांसद सम्झना थपलिय र पूर्व सांसद जानकी रामको नाम उल्लेखनीय छ। यसबाहेक जिल्ला कमिटी सचिवालय सदस्य, उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज फूलेश्वर नायक, नेपाल उद्योग व्यवसायी महासंघका सिरहा जिल्ला अध्यक्ष पशुपति साह, नगर कमिटी सदस्य लक्ष्मण यादव र गोलबजार ९ का वडा कमिटी सदस्य बिरेन्द्र कुमार सिंहसमेत परेका छन्। उनीहरूले अब पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका छन्।

पार्टीभित्र बढ्दो व्यक्तिवाद, नेतृत्वको स्वेच्छाचारी प्रवृत्ति, विधिपद्धतीबाट विचलन र आन्तरिक लोकतन्त्रको क्षय यस परित्यागको मुख्य कारण बनेको उनीहरूको भनाइ छ। निवर्तमान सांसद सम्झना थपलियले विज्ञप्तिमा भनेकी छिन्, “पार्टीलाई सही मार्गमा ल्याउन बारम्बार रचनात्मक सुझाव दिँदा पनि नेतृत्वबाट कुनै सुनुवाइ भएन। इमान्दार कार्यकर्तालाई निरुत्साहित गर्ने प्रवृत्ति, विचारभन्दा व्यक्तिको वर्चस्वले हामी बाध्यात्मक परिस्थितिमा पुगेका छौं।”

नेतृत्वको रूपमा सम्वोधन गरिएका एमालेका केन्द्रिय सदस्य तथा मधेश प्रदेश संयोजक लिलानाथ श्रेष्ठ अहिले सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार पनि हुन्। पार्टी परित्याग गर्नेहरूले उनको स्वेच्छाचारी नेतृत्वप्रति असन्तोष व्यक्त गर्दै, ‘राजनीतिको मुख्य उद्देश्य पद र शक्ति होइन, जनताको हित, सुशासन र नैतिकता हुनु पर्छ’ भनेका छन्।

गोलबजार नगरपालिका १० र धर्मपुर गाउँका ४ दर्जनभन्दा बढी नेता कार्यकर्ताले पनि पार्टी छाडेको घोषणा गरेका छन्। उनीहरूले नेतृत्वको एकात्मक कार्यशैली, कुशासन र नयाँलाई प्राथमिकता दिँदै पुराना कार्यकर्तालाई पाखालगाउने प्रवृत्ति पार्टीभित्र बढ्दो असन्तोषको मुख्य कारण भएको बताएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार, सिरहा क्षेत्रमा यस्तो प्रकारको विद्रोहले आगामी निर्वाचनमा एमालेको मत बाँडफाँडमा असर पार्ने सम्भावना छ। पार्टीभित्र असन्तुष्ट कार्यकर्ताको ठूलो भाग बाहिरिनेक्रमले क्षेत्रीय संगठन कमजोर हुन सक्ने खतरा छ।

यसअघि पनि दर्जनौं नेता कार्यकर्ताले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी छाडेका थिए। तर यो ठूलो समूहमा भएको सामूहिक परित्यागले एमालेभित्रको आन्तरिक विवाद र नेतृत्वप्रतिको विश्वासघातको स्तर उच्च रहेको स्पष्ट देखाएको छ।

यस घटनापछि एमाले नेतृत्वको जवाफ के हुने, पार्टीभित्रको अनुशासन र एकताको पुनर्स्थापना कसरी हुनेछ भन्ने कुरा आगामी दिनहरूमा स्पष्ट हुने अपेक्षा गरिएको छ।

‘नेपाली काँग्रेस नया ...

जीवछ उदासीलहान माघ २८गते नेपाली काँग्रेसका केनद्रीय सभ ...

लहान क्याम्पसमा सप्त ...

जीवछ उदासी  लहान, माघ २२ गते  जेएस मुरारका ...

सहिद पत्नीको माग : प ...

जीवछ उदासी लहान समाचारदातालहान,माघ २२ गते फागुन २१ गते ...

कडा प्रतिस्पर्धाले स ...

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ फेरि एकपटक र ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A