फिरोज सिद्दिकी, सिरहा । सिरहा प्रहरीले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका बेलामा हुने सक्ने घटनालाई ध्यानमा राखेर सिरहा प्रहरीले बाक्लो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको हो । चाडपर्वलाई लक्षित गरी ९ सय ४४ जना प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दशैं तिहार र छठ पर्वलाईलाई नै लक्षित गरेर ‘चाडपर्व लक्षित सुरक्षा योजना-२०८०’ तयार गरी थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । चाडपर्वमा हुने चोरी, लुटपाट तथा अन्य अपराधजन्य घटनाहरू हुन नदिन पाँच सय ६७ ज
नवलपरासी पश्चिम, २५ असाेज । बर्दघाट नगरपालिका-४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण बहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका-३ दानश्री बस्ने २५ वर्षीय सुरज बिक रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स
काठमाडौं, २५ असोज । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफू इटालीको नागरिक हुँ भन्दै प्रेमको प्रपञ्चमा पारी आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना ५ हजार डलर सहितको गिफ्ट पठाईदिने र उक्त पार्सल पाउनको लागि भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई बिश्वास दिलाई बिभिन्न ब्यक्तिहरूको नाममा रहेका बैंक खाताहरुमा पटक-पटक गरी जम्मा १७ लाख १५ हजार रुपैयाँ रकम पठाउन लगाई लिई ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई प्र
लहान । जनआस्था साप्ताहिकका पत्रकार सन्तोष बराइलीमाथि समाचार संकलनका क्रममा भएको कुटपिट र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाको ध्यानाकर्षण भएको जनाएको छ। गत असोज १३ गते साँझपख पत्रकार शम्भु यादवसँग ‘कान्छा होटल’ मा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको स्थानीय सर्वसाधारणसँग स्थापित सम्बन्ध र साधारण जीवनशैलीबारे कुराकानी भइरहँदा प्रेस युनियन नेपाल, सिरहाका अध्यक्ष भरत जर्घामगरले बराइलीमाथि दुर्व्यवहार गरेको महासंघ सिरहा शाखाले जनाएको हो । महासंघले स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुटेका पत्रकारलाई कुटपिट र दुर्व्यहार गर्नेमाथि कानुनबमोजिम कारबाही गरी प्र
लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लहानको नापी कार्यालयमा छापामारी गरि अमिनलाइ घुसको रकम सहित रङ्गेहात पक्राउ गरेको छ । अख्तियारको टोलीले नापी कार्यालयका अमिन दिपरन्जन यादवलाई १० हजार घुसको रकम सहित पक्राउ गरेको हो । बर्दिवासबाट आएका अख्तियारका टोलीले लहान १ मटियर्वास्थित नापी कार्यालय लहान अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयमा छापामारी गरेको थियो । अमिन यादवले साविक गा.वि.स.तरेगना गोविन्दपुरको गाउँब्लकका जग्गा कित्ता काट गर्न सेवाग्राही सग १० हजार घुसको रकम लिइ रहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ । पक्राउ परेका
सिराहा । सिराहामा एक महिला आफ्नै घरको शौचालय मृत अवस्थामा फेला परेकी छन् । सिराहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ हटलेटवा बस्ने स्थानीय धनिक लाल यादवको छोरा सुधन यादवकी श्रीमती अन्दाजी वर्ष २० की शान्ति यादव आफ्नै शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । सुधनसँग करिब ५ वर्ष अघि किशोरी उमेरमै बिहे गरेकी शान्तिसँग २ वर्षीय छोरी रहेकी छन् । उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । राती २ बजेको समयमा प्रहरीलाई जानकारी गएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । मृतको श्रीमान् सुधन वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् । उनी राती २ बजे झुन्डिएको भेटिएको परिवारजनको बयान छ । यद
काठमाडौँ । एक सय किलो सुन तस्करी काण्डमा राजस्व अनुसन्धान विभागले छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्ट पनि छन् । सुन तस्करी प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । प्रहरीले पक्राउ परेकाको पहिचान खुलाएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको सुन विभागको टोलीले बरामद गरेको थियो । विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुईजनालाई पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । सुन हङकङबाट ल्याइएको खुलेको छ । एकै प
सिरहा । सिरहाको साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको घाँटी रेटी हत्या भएको छ । मिर्चैयास्थित खानेपानीको कार्यालयमा ८ महिनादेखि कार्यरत सोही नगरपालिका–८ का किशोरी रायको हत्या भएको हो । सोमबार बिहान संस्थाका सचिव डिकाराम पोखरेल कार्यालय पुग्दा रायलाई रगताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा उनको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । रातिको समय ड्युटीमा रहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जनाए ।
रौतहट, २ वैशाख । रौतहटको गढीमाइ नगरपालिकामा सडक सम्बन्धी विवादका क्रममा दुई समूहबीच झडप हुँदा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । गोली लागेर गढीमाइ नगरपालिका-८ का ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य चार जना घाइतेको उपचार भइरहेको छ । घटनामा संलग्न भएको आशंकामा १० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको र सीमा क्षेत्रमा कडाइ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाउँमा सडक कहाँ बनाउने भन्ने विषयमा एकै गाउँका दुई समूहबीच विवाद चर्किँदै गर्दा झडप
फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीको मिलोमतोमा लहान ७ का वडाअध्यक्ष रामऔतार शर्माले सरकारी सम्पत्ती आफूखुशी बेचविखन गरी भ्रष्टाचार गरेको आरोप स्थानीयहरुले लगाएका छन् । लहान-७ स्थित रहेको पुरानो नगरपालिकामा १५ लाख मूल्य बराबरको कावाडी फलामहरु कुनै लिलामी प्रक्रिया पुरा नगरी बिक्री गरेर वडाध्यक्ष राम औतार शर्माले नीतिगत भ्रष्टाचार गरेका हुन् । सरकारी सम्पत्ति गैरकानूनी रुपमा दुरुपयोग गरेको भन्दै लहान-७ का पुर्व वडाध्यक्ष राकेश कुमार गुप्तालगायत स्थानीयहरुले अख्तियार रुपयोग अनुशन्धान आयोगमा निवेदन समेत दर्ता गराएको पत्रकार सम्मेलन मार्फत जनाएको छ । पत्रकार सम्म
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A