अग्नी परीक्षामा माधव नेपाल समूह मात्रै होइन् समग्र बामपन्थी दल

  • बैशाख २७, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
आज २७ गते प्रधानमन्त्री विश्वासको मत लिनको लागि संसद बोलाउनु भएको छ । आफ्नै पार्टी नेकपा एमालेका माधव नेपाल समूहको मत पाउने कि नपाउने अन्यौलको अवस्था छ । एमालेभित्रको किँचलोको कारण अन्य दलह?ले ओली सरकारलाई विदाइ गर्न गणितीय जोडघटाउमा लागेको देखिन्छ । माधव नेपाल समूहका सांसदह?ले सामूहिक राजीनमा दिइने चर्चा निकै चल्यो । आइतवार राजीनमा नदिएका माधव समूहले २७ गते सोमबार ९ बजेसम्म पार्टी अध्यक्ष केपी ओलीले आफ्नो माँग पुरा नगरे कठोर निर्णयमा पुग्ने अर्थात सरकारलाई विश्वासको मत पुग्न नदिन राजीनमा दिइने वा संसदमा फ्लोरक्रस गर्ने सम्मको चेतावनी दिएको छ । आइतबारको राती गन्थनमन्थन र चिन्तनको लागि सबै राजाीतिक दलह? सरकार टिकाउने र गिराउन हरसंभव प्रयासमा रहने राजनीति घट्ना क्रमले देखाइ सकेको छ । राजनीति वृतमा माधव नेपाल समूहले आफ्नै घर भत्काएर छिमेकीको घरमा कति दिन घाम पानीमा ओत लागेर सुरक्षित रहने विभिन्न कोणबाट प्रश्नह? एठ्न थालेको छ । माधव –झनाथ समूहमा रहेका सांसदह?ले समेत सामुहिक राजीमा गरेर जग हसाउनु भन्दा आफ्नै घर मजबूत बनाउन राजीनमा नदिइने अभिव्यक्तिह? संचार माध्यमममा दिएर दिशा र दृष्टिकोण प्रष्ट गरिसकेको छ । तसर्थ राजीनमा होइन, सरकारलाई विश्वासको मत दिएर पार्टीलाई एक ढिक्का बनाउनुपर्ने जन आवाजको वेवास्ता गरेर आफ्नो राजनीति सदाको लागि समाप्त पार्न किमार्थ माधव नेपाल समूहले यस्तो कदम चाल्नु हुँदैन  सुझाव र सल्लाह दिइरहेको छ ।

प्रचण्डमाथि भरोसा र माधव नेपालमाथि विश्वासको आधार कायम होस्

नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर गठन भएको नेकपाले पाँच वर्षमा ओली नेतृत्वको सरकाले सुखी नेपाली र समृद्ध नेपाल बनाउने नारा कार्यान्वयनको आधार निर्माण गरिरहेको सरकारलाई अढाई वर्षपछि प्रचण्डले ओली नेतृत्वको सरकार ढाल्न चलेको चालमा माधव नेपाल र झलनाथ खनालको साथ पाएपछि सरकार संकटमा मात्रै परेन । नसोचेको राजनीति घट्नाक्रमह? घट्यो । संसद विघट्न र नेकपाको विभाजन जस्ता परिस्थिति निर्माण भयो र सर्वोच्च अदालतले नेकपालाई फेरि पानीको दुई त्तत्व को संयुक्त सुत्र दुई भाग अक्सिजन र हाइड्रोजनलाई अलग भई फेरि एमाले र माओवादी आफ्नो आफ्नो ठाँउमा पुग्यो । यस विषयमा सबैलाई ताजा जानकारी नै छ किनकि यो ताजा घट्नाको ?पमा रहेको छ । एमाले माओवादी अलग–अलग भइसकेपछि एमाले एकजुट हुनुपर्नेमा त्यस्तो हुन नसक्नुले राजनीति कोर्स बदलिएको मात्रै होइन, ?ट नै फेरिएको छ । नेकपा हुँदा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच जुन किसिमको आत्मीय मन माजिएको एकता हुनुपर्दथ्यो त्यो हुन नसकेको कारण विवाद भुसको आगो जस्तै सल्किदै गयो । प्रचण्ड–माधव नेपाल समूहले त्यस्तो गुट बन्यो ,त्यो गुटले नेकपालाई अन्ततःएमाले र माओवादी बनाइ छाड्यो । माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमको साथ पाएर यहि बेला हो प्रम ओलीलाई गलाउने सोच प्रचण्डमा हाभी भएकै कारण नेकपा रहन सकेन । माधव नेपाललाई पनि लाग्यो प्रचण्डको दह्रो साथ पाएपछि ओलीलाई हलाउन यो भन्दा उपयुक्त समय के नै होला भनेर ओली हटाउन सम्पूर्ण बलबुत्ता लगाएकै हो । परिस्थितिले त्यहि प्रमाणित पनि गर्दैगयो । निजी स्वार्थ पुरा गर्न प्रचण्ड र माधव नेपाल समूहले कम्युनिष्ट आन्दोलनलाई नै कमजोर मात्रै गर्नु भएन दुई तिहाइको सरकार आज टिकन र टिकाउन टिकाइ दिनु भनेर विश्वासको मत जुटाउन दैलो दैलोमा गएर भीक्षा माग्नु पर्ने दयनीय अवस्था सृजना भयो । सोह्रै आना प्रचण्ड र माधव नेपालकै कमजोरी नहोला कहि कतै प्रधानमन्त्री समेत रहनु भएको् पार्टी अध्यक्ष केपी ओली पनि चुकेको हुनुपर्छ । पछिलो घट्नाक्रमले परिवर्तनको लागि यत्रो त्याग र बलिदानी गर्नु भएको प्रचण्ड र एक दशकभन्दा बढी नेकपा एमालेको नेतृत्व सम्हाली सक्नु भएको सधै. सम्न्वयकारीभूमिका खेल्नु हुनु माधव नेपालजे जुन भूमिका खेल्नुभयो कम्युनिष्ट आन्दोलनको इतिहासमा उहाँहरुमाथि भरोसा र विश्वास करीव करीव समाप्त हुँदै गएको छ ।

माधव नेपाल समूहको राजीनमा आत्मघाती गोल नबनोस

बैशाख २७ गते नेकपा एमाले विना शर्त प्रधानमन्त्रीलाई विश्वासको मत दिन चुक्नु हुँदैन । सोमबार ९ बजेको ुसमय निर्धाराण गरेर केपी ओलीबाट माग पुरा भएन भने सामुहिक राजीनमा आउने विभिन्न मिडियाह?मा आइरहेको छ । समय अहिले पनि बाँकी छ । माधव नेपाललले राजीनमा दिएर आत्मघाती निर्णयमा नपुग्न आम नेता कार्यकर्ताह?को भावनालाई सम्बोधन हुने गरी गतिविधि गर्न ज?री छ । सङकटको समयमा घर जोगाउनु बुद्धियारी हुन्छ । घर रहेपछि फेरि एक ठाँउमा बसिन्छ । छलफल हुन्छ । समस्या समाधान गर्न सकिन्छ । रीस आक्रोस र कुण्ठाको शिकार भएर पार्टीलाई नै क्षति पुरयाउने काम माधव समूहले गर्न नहुने पार्टीको नेता कार्यकर्ताको अपेक्षा मात्रै नभएर जन अपेक्षा हो । नेपाली काँग्रेसको सभापति शेर बाहादुर देउवा र जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले माधव नेपाललाई सामुहिक राजीनमा दिन कोरेको डिजाइनमा किमार्थ माधव नेपाल जस्तो अनुभवी र इतिहास बोकेको नेताबाट आत्मघाती गोल गर्नु हुन्न । पार्टी र सरकारलाई सम्नवय गरेर अघि बढ्नु बाहेकको विकल्प रोज्नु हुँदैन ।
आत्मआलोचना र समग्र समीक्षा आवश्यक
विश्वमा नै कम्युनिष्ट आन्दोलन ओराला लागि रहेको वेला नेपालमा कम्युनिष्टह?को झण्डै दुई तिहाइको मत ल्याएपछि विश्वका कम्युनिष्ट विरोधीह? सामन्तवाद र पुँजीवादका नायकह?ले कम्युनिष्टभित्रै खेल्न ठाँउ खोजिरहेकै थियो । प्रचण्ड , ओली , नेपाल खनाल र गौतमबीचको दुरी कसरी बढाउने र नेकपा बनेको विशाल कम्युनिष्ट पार्टीलाई कसरी विभाजित गर्न सकिने सारा संयन्त्र परिचालन नगरेको होइन, गरेकै हो । कम्युनिष्ट विरोधीह?ले रचेको जालमा आखिर विश्वास गरेका भरोसा गरेका हाम्रा नेताहरु परेर एमाले र माओवादीमा विभाजित भयो । अझैपनि धेरै विग्रेको छैन । आत्मआलोचना गरेर समग्र समीक्षा गरेर कम्युनिष्ट आन्दोलनलाई मजबूत बनाउन प्रचण्ड ओली नेपाल खनाल र गौतम आफूह?बाट भए गरेका कमि कमजोरी र गल्तीह?लाई सच्च्याएर मन माजिएको एकता गर्न सके दुर्घट्ना हुनै लागेको कम्युनिष्ट सरकार र पार्टीलाई बजबूत बनाउन सकिन्छ । यसको लागि पुराना पुस्ताह?ले मार्ग निर्देशनको सिमित भएर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरेर भएपनि मिलाउन सहास देखाउन आवश्यक छ । पटक–पटक पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेका शीर्ष कम्यसनिष्ट नेताह?ले पार्टिको नेतृत्व र र सरकारको नेतृत्वको लागि गरेको छिनाछप्टीले समस्या उत्पन्न भएको हो । भर्खरै भारतको पश्चिम बङगालमा सम्पन्न भएको चुनावमा कम्युनिष्ट पार्टीको खाता खुलेन जबकी पश्चिम बङगालमा तीन दशकभन्दा बढी कम्युनिष्टहरुले सत्ता सञ्चालन गरेको थियो । तर केरलामा इतिहास रचियो । तसर्थ नेपालको कम्युनिष्ट आन्दोलन कमजोर भयो भने दक्षिण एशियाकै लागि ठूलो क्षति हुनेछ ।

फेरि पनि बाम एकता आजको आवश्यक्ता

बैशाख २७ गते संसदमा रहेका कम्युनिष्ट पार्टीह?ले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिएर आृने चुनाव र महाधिवेशनमा कसरी जाने भने विषयमा फराकिलो भएर सोच्न आवश्यक छ ।आउने माहाधिवेशन र चुनावमा नयाँ नेतृत्वको विकल्पको खोजी गरेर भएपनि बाम एकतालाई जोगाउन बामपन्थीह?बीच सदबुद्धि पलाउन जनअपेक्षा छ । सरकारले सुखी नेपाली समृद्ध नेपालको पूर्वाधार खडा गरेर काम गरिरहेको समयमा पार्टीभित्र देखिएको खिचातानी गुटफुटले समग्र कम्युनिष्ट आन्दोलन धारासायी हुनबाट जोगाउन फेरि पनि बाम एकता आजको आवश्यक्ता बनेको छ ।

 

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

युथ मुस्लिम वेल फेवर ...

फिरोज सिद्दिकी  लहान। युथ मुस्लिम वेल्फेयर सोसाइट ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A