जीबछ उदासी
लहान,चैत १६गते । नेकपा एमालेको स्कूल विभाग उपप्रमुख इश्वरी रिजालले स्थानीय चुनावमा कसले टिकट पाउने हो भने चिन्ता छाडेर संगठनमासक्रिय भएर काम गर्ने नेतालाई उम्मदेबार बनाउन पार्टीले घरमै टिकट पुरयाउने बताउनु भएको छ । नेकपा एमाले सिरहाले आयोजना गरेको जिल्ला स्तरीय एक दिने प्रशिक्षण कार्यक्रमलाई सिरहाको लहानमा प्रशिक्षण दिँदै मङगलबार यस्तो बताउनु भएको थियो ।
बैशाख ३० गते हुन गइरहेको स्थानीय चुनावमा नेकपा एमालेको पक्षमा जनमत सृजना गर्नको लागि पार्टीको सिद्यान्त र सरकारमा रहेको वेला गरेको जनपक्षीय कामको सूची बनाएर घरघरमा जान नेता र अगुवा कार्यकर्ताहरुलाई उहाँले सुझाव दिनुभयो । नेकपा एकिकृत समाजवादीलाई उतानो परेको डोको जस्तै रहेको कटाक्ष गर्दै माथि माथि फराकिलो देखिएपनि तल साँगुरिँदै गएकोले देशैभरि कहिपनि माधव नेपालले नेतृत्व गरेको पार्टी जित्न नसक्ने अवस्था रहेको नेता रिजालले ठोकुवा गर्नुभयो ।
जनतामा लोकप्रिय रहेका नेताले नै उम्मेदबारी पाउने खुलासा गर्दै नेता रिजालले भन्नुभयो,‘उम्मेदबार बन्न टिकटको दौडमा लागेरकेहि उपलब्धि हुने छैन । जनपक्षीय र पार्टीको निर्देशनअनुसार काम गरौ । कसलाई उम्मेदबार बनाएपछिजित्ने हो ,ती नेताहरुको टिकट घरमै आइपुग्नेछ ।’
उग्रबामपन्थी धार अन्तः दक्षिणपन्थ हुने नेकपा एमालले गरेको विश्लेक्षण अहिले ठीक भएको उहाँले भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बामपन्थीहरुलाई धोका दिएर नेपनली काँग्रेसको शरणमा परेको आरोप लागाउनुभयो । जति दल गठबन्धन गरे्पनि फरक नपर्ने र नेकपा एमालले स्थानीय चुनावमा ६० प्रतिशत स्थानमा एक्लै चुनाव जित्ने दाबी गर्दै उहाँले चुनावमा जनतामा लोकप्रिय उम्मेदबार चयन गर्ने स्पष्ट गर्नुभयो ।
प्रशिक्षण कार्यक्रममा नेकपा एमालेको पोलिट्व्युरोसदस्य तथा पूर्व कानून न्याय तथा संसददीय व्यवस्था मन्त्री लिलानाथ श्रेष्ठले नेकपा एमालेको अध्यक्ष केपी ओलीले राष्ट्रियता र जनजीविकाको सवालमा गरेको कामलाई सहि ढङगले जनताको घरघरमा पुयाउन तर्फ ध्यान दिन आफ्नो वडा जिताउन लागग्नुपर्ने निर्देशन गर्दै उम्मेदबारी सुरक्षित गर्न नेताको दैलोमा चहार्ने होइन जनताको समर्थन लिन समय खर्चिनुपर्नेमा जोड दिनुभयो ।
सिरहामा रहेको केन्द्रिय कमिटि सदस्य, जन संगठनका इन्चार्ज, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य जिल्ला कमिटिका सदस्यहरु गरी तीन सयभन्दा बढी अगुवा नेता कार्यकर्ताहरुलाई लहान नगरपालिकाको सभा हलमा एक दिवसीय प्रशिक्षण दिइएको थियो । पोलिट्ब्युरो सदस्य श्रेष्ठ, नेकपा एमाले केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवलेसंयुक्त रुपमा सिरहाका १७ वटै स्थानीय तहमा पार्टीलाई जिताउन सिरहा अध्यक्ष चन्देश्वर मण्डललाई चुनावचिन्ह अंकित झण्डा हस्तान्तरण गरेको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A