जीबछ उदासी
लहान, बैशाख 20 गते ।
लहान नगरपालिका र भगवानपुर गाउँपालिकाको बीचमा रहेको सखुवानन्कारकटि गाँउपालिकामा जति जति निर्वाचन नजिकिँदै गइरहेको छ, त्यति नै रोमाञ्चक प्रतिस्पर्धा हुने संकेत देखिन थालेको छ । चुनावको एक दुई दिन अगाडिको दिनलाई सेमि फाइनल भन्ने गरिन्छ । सेमि फाइनलमा जनता समाजवादी पार्टी र एकिकृत समाजवादी पार्टी आउट हुने र अन्तिम खेल यस पटक नेकपा एमाले र नेपाली काँग्रेसबीच नै हुने चर्चा मतदाताबीच हुन थालेको छ ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेले जीत हासिल गरेको यस गाँउपालिकाका निर्वाचित जनप्रतिनिधिहरु नेकपा एमालेबाट फुटेर गठित एकिकृत समाजवादी रोजेका थिए । नेकपा एकिकृत समाजवादी पार्टीका प्रदेश अध्यक्ष तथा पूर्व मन्त्री समेत रहनु भएको रामचन्द्र यादवको प्रभावमा परेर गापा अध्यक्ष केदारनाथ यादव सहित सबै जनप्रतिनिधिहरु एस रोजेपछि नेकपा एमाले नेता विहिन भएका थिए । नेकपा एमालेलाई फेरि शुन्यबाट संगठन विस्तारमा दिपेन्द्र प्रसाद चौधरी, भूप नारायण यादव, गेनालाल यादव, जितेनद्र कुमार यादव लगायतका नेताहरु अगुवाई गर्दै नेकपा एमालेको संगठनले गति लिन थालेको छ ।
१६ हजार मतदाता रहेको त्यस गापामा २०७४ सालको निर्वाचनमा नेकपा एमाले विजेता दल भएको थियो । प्रतिद्वन्दीमा तत्कालिन संघीय समाजवादी पार्टी हालको जनता समाजवादी पार्टी रहेको थियो भने तेस्रो स्थानमा काँग्रेस रहेको थियो । बैशाख ३० गते हुने निर्वाचनमा अध्यक्ष पदमा नेकपा एकिकृत समाजवादी दलबाट केदारनाथ यादव, नेकपा एमालेबाट हरिदेव चौधरी, जनता समाजवादीबाट प्रयागलाल यादव र नेपाली काँग्रेसबाट शत्रुधन प्रसाद साह चुनावी मैदानमा उत्तिनु भएका छन् ।
चारै दलमा कसले चुनाव जित्ला भन्ने अडकल गर्न त्यस गाँपामा गाह्रो रहेको एक थरि मतदाताहरुमा देखिएपनि अन्तयमा एमाले काँग्रेसबीच नै प्रतिस्र्धा हुने अधिकांश बुद्धिजीविहरुले ठम्याउन थालेको छ ।एमाले साह्रै कमजोर दल रहेको एकिकृत समाजवादीलाई जित्न सजिलो हुने अनुमान गलत सावित हुन प्रष्ट संकेत देखिन थालेको छ । नेताहरु एसतर्फ लागेपनि सूर्य चिन्हमा मतदान गरेका मतदाताहरु हामी एमाले छाडेका छैनौ नेताहरु जतासुकै जाउन स्थानीय नेमचन्द्र यादव बताउनुहुन्छ । चुपचाप रहेका एमालेका मतदाताहरु भरपर्दो उम्मेदबारहरु पाएपछि ५ वटै वडामा टक्कर मात्रै होइन, विजेता समेत हुने दावी गर्न थालेका छन् ।
जनता समाजवादी पार्टीबाट उम्मेदबार हुनु भएका प्रयागलाल यादव नेकपा एमालेको विभाजनले हामीलाई लाभ भएको भन्दै जीतको दावी गरेपनि जसपाका अर्का युवा नेता दिपेश यादव लगायत केहि नेताहरु असन्तुष्ट देखिएकोले जीतको लागि समस्या हुन सक्ने चर्चाको विषय भएको छ ।
नेपाली काँग्रेसबाट उम्मेदबार रहनु भएको साहले नेकपा एमाले र जसपामा आएको असन्तुष्टिको फाइदा लिन सक्ने दाउमा रहनु भएको छ ।
एकिकृत समाजवादीबाट उम्मेदबार रहनु भएको केदारनाथ यादवले पाँच वर्ष जनपक्षीय काम गरेकोले चुनाव जित्नेमा ढुक्क देखिनुहुन्छ । तर, लतियाही मधुवनीमा दलित समुदायले बस्तीमा प्रवेश गर्न नदिएपछि भोट बैंक रहेको ठाँउमा यस्तो घृणा देखिनुले केदारनाथ यादवको मत घट्दो क्रममा रहेको अडकल हुन थालेको छ ।
समाजशास्तमा स्नाकोत्तर गर्नु भएको र १६ वर्ष सहकारीको अनुभव समेत बटुल्नु भएको हरिदेव चौधरी समाजवादी पार्टी परित्याग गरेर नेकपा एमालेको तर्फबाट उम्मेदबार भएपछि नेकपा एमालेके भोट बैक रहेको बस्तीहरुमा उमङग र उलास देखिएको छ । एक हजारको हाराहारीमा रहेको थारु मत, दलित समुदाय, यादव समुदाय र खास गरेर एमालेको पुरानो गढहरुमा उत्साह थपिनु र साइलेन्टर रहेका एमालेका मतहरु ख्ुल्न थालेपछि बैशाख ३० गते नेकपा एमाले र नेपाली काँग्रेसबीच नै भीडन्त हुने धेरै मतदाताहरुले आफ्नो मत व्यक्त गरेका छन् । एमालेको पक्षमा आएको जनलहरले जनता समाजवादी पार्टी, एकिकृत समाजवादी पार्टीको अवस्था कमजोर हुँदै जान थालेको छ । जसपाको मत काँग्रेस तान्ने दाउमा र एकिकृत समाजवादीतर्फ लागेका एमालेका मत फेरि आफ्नै कित्तामा फर्किनुले यस्तो अवस्था आउन सक्ने देखिएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A