जीवछ उदासी
लहान,भदौ १९ गते ।
सङघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेश खेलकुदमा पछाडि परेको बताउनु भएको छ । नेपाली काँग्रेस सिरहा–१ ले सोमबार भदौ १७ गते आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहााले यस्तो यस्तो बताउनु भएको हो ।
आफू युवा तथा खेलककुद मन्त्री भएपछि मधेश प्रदेशबाट खेलकुदमा सहभागिता र रुचि दुबै नरहेको पाएको उहाँले बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो,‘मधेश प्रदेशको बिरगञ्जमा रहेको नरायाणी रङगशालाको अठार विगहा जग्गा भएपनि व्यवस्थि हुन नसकेको मधेश प्रदेशको राजधानी जनकपुरमा पनि कुनै रङगशाला नरेको अवस्था छ । मधेशका सामुदायिक तथा संस्थागत विद्यालयहरुलेखेलकुदमा समेत ध्यान दिइरहेको छैन् ।’
‘मधेश प्रदेशका स्थानीय तहहरुले खेलकुदको लागि रङगशाला तथा कभर्ड हल निर्माणको लागि ठिपिआर तयार गरेर मन्त्रनलयमा आए मात्रै बजेट उपलब्ध गराउन सक्ने उहाँले भन्दै खेलकुदको गतिविधि बढाउसन मधेश प्रदेश सरकार र १३६ वटै स्थानीय तहहरुले ध्यान दिन आवश्यक छ’, मन्त्री चौधरीले प्रष्टयाउन्ुभयो ।
दशौ राष्ट्रिय खेलकुदको आयोजना गरेको राष्ट्रिय खेलकुद परिषदले कर्णाली प्रदेशको कैलालीमा एक अर्ब ६० करोडको रङगशाला निर्माण कार्य अघि बढाएको मन्त्री चौधरीले भन्दै एघारौ राष्ट्रिय खेलकुद मधेश प्रदेशमा आयोजना गर्ने आफ्नो भित्री इच्छा रहेकोले मधेश प्रदेशमा भव्य रङशाला निर्माण अघि बढाइने बताउनुभयो । मधेश प्रदेशमा खेलकुदलाई अघि बढाउन प्रदेश सरकारले कुनै ऐन कानुन निर्माणमा समेत पछि परेकोछ । ‘सात वर्ष बित्नै लाग्दा खेलकुद सम्बन्धी ऐन ल्याउन नसकको अव्स्था छ । चाँडै ऐन ल्याउन मधेश प्रदेशका खेलकुद मन्त्रीलाई तागेता गरिरहेको छु’,मन्त्री चौधरीले प्रष्टयाउन्भयो ।
मधेश प्रदेशको कुस्ती खेल हराउन लागेको चिन्ता व्यक्त गर्दै युवा तथा खेलकुद मन्त्री चौधरीले आफ्ना सन्तानहरुलाई इन्जििनियर डाक्टर बनाउनु रुचि राख्नु भन्दा खेलकुदमा समेत लगाउन सवैमा आग्रह गर्नुभयो । उहाँले थप्नुभयो,‘खेलकुदको उर्वर भूमि रहेको र ५१ प््रतिशत जनसंख्या भएको मधेश प्रदेशमा खेलकुदमा ६ जना मात्रै राष्ट्रिय खेलाडी उत्पादन हुनु लजाको विषय बनेृको छ । खेलकुदमा मेहनेत गरे सतप्रतिशत जागीरको ग्यारण्टी छ ।’
कार्यक्रममा सहभागी लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी,लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर,सप्तरी सुरुङगा नगरपालिका प्रमुख गीता चौधरीलाई नगरपालिकामा कम्तिमा आठवटा प्रशिक्षक राखेर क्रिकेट भलिवल र फुटवल खेलका खेलाडी उत्पादन गर्न मन्त्री चौधरीले सुझाव दिनुभयो ।
मधेश प्रदेश वाहेकका प्रदेशहरुमा डिपिआर तयार खेलकुदका बजेट ल्याउन चाहिने कागजात र लगानी लगाउन समेत उत्सुकता देखिएकोले खेलकुदमा अगाडि रहेको उहाँले प्रष्टयाउनुभयो । मन्त्री चौधरीले भन्नुभयो,‘कैलालीमा निर्माण भइरहेको रङगशालामा सङघीय सरकारले ७० लाख मात्रै लगानी लगाएको छ भने बाँकी लगानी स्थानीय तह र कर्णाली प्रदेशले लगाएको हो । मधेश प्रदेश विकास भनेको सडक निर्माण मात्रै बुझेको छ । खेलकुदलाई प्राथमिकता नै नदिएको अवस्था छ ।’
स्वागत तथा सम्मान कार्यक्रममा सुरुङगा नगरपालिका नगरप्रमुख गतिा चौधरी, लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर र लहान नगरपपालिका प्रमुख महेश प्रसाद चौधरी नेपाली काँग्रेस सिरहा सभापति रामचन्द्र यादव ,नेपाल विधार्थी संघ सिरहा अध्यक्ष पप्पु कुमार यादव लहान नगर सभापति सञ्जय यादव,लहान –१२ नम्बरका वडाध्यक्ष बद्री नारायण चौधरी , जिल्ला कमिटि सदस्य तिरपित लाल यादव, मो हमिद अन्सारी सिरहा –१ ख् प्रदेशसका पार्टी सभापति धर्म देव यादव लगायतकाले सिरहा र सप्तरीको साझा शैक्षिक र स्वास्थ्य सेवाको स्थल लहान नगरपालिकामा रङशाला निर्माण विधालयमा शैक्षिक गतिविधिको बढावा र कुस्ती तथा क्रिकेट खेलमा जोड दिन मन्त्री चौधरीको ध्यान आकर्षण गराउनु भएको थियो । स्वागत तथा सम्मान कार्यक्रम लहान नगरपालिकाको सभा हलमा सम्पन्न भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A