माओवादी लडाकू शिविर घोटालाबारे छानबिनको माग गर्दै अख्तियारमा उजुरी

  • कार्तिक १३, २०८१
  • समृद्धिपथ
alt

काठमाडौं । माओवादी लडाकू शिविरमा भएको घोटालाबारे छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

सिन्धुली निवासी युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन र चक्रपाणी खनालसहित १३ जनाविरुद्ध उजुरी दर्ता गरेका हुन्।

उजुरीमा विस्तृत शान्ति सम्झौता पश्चात् सेना समायोजनको क्रममा माओवादी नेताहरूले सेनाको पोशाकमा फोटो खिचाएर राज्यकोषबाट रकम निकासा गरिएको आरोप लगाइएको छ।

माओवादी अध्यक्ष प्रचण्डले एक भिडियोमा ७ हजार लडाकूलाई ३५ हजार पुर्‍याएर २० हजार लडाकू भेरिफिकेसनमा पारिएको बयानलाई समेत उजुरीमा प्रमाणका रूपमा समावेश गरिएको छ।

उक्त समयमा संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)ले १९ हजार ६ सय लडाकू प्रमाणित गरेको थियो। पौडेलले माओवादी शिविर व्यवस्थापनका लागि ६ वर्षमा २० अर्ब रुपैयाँ खर्च भएको र अधिकांश रकम प्रचण्डको योजनामा निकासा भएको दाबी गरेका छन्। यस क्रममा माओवादीले ४ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप उजुरीमा लगाइएको छ, जसका आधारमा दोषीहरूमाथि कडा कारबाहीको माग गरिएको छ। अख्तियारले उजुरी दर्ता गरिसकेको छ।

चार महिनाअघि यौन दुर ...

सिरहा । चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहा निवा ...

जसपा लहान नगर अध्यक् ...

  जीवछ उदासी  लहान,बैशाख ४ गते  जनता ...

रास्वपा सांसद सुमना ...

काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी (रास्वपा)की सांसद ...

गणतन्त्रको सवलताको ल ...

  जीवछ उदासी  अहिले प्रतिगामी शक्तिहरु टाउक ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A