लहान । सि.जी. हिरोको दशैं-तिहार “एक्कासी मालामाल अफर“ अन्तर्गत लहानका राम किशुन यादवले पाँच लाख रुपैयाँ नगद क्यास ब्याक जित्नुभएको छ। यादवले हिरोको लोकप्रिय मोडल स्पलेण्डर प्लस, सिटी ट्रेड कन्सर्न, लहान सोरुमबाट खरिद गर्नुभएको हो।
सि.जी. हिरोले दशैं-तिहार २०८१ को अवसरमा “दुई चक्के किन्दा चार चक्के उपहार“ अफर सार्वजनिक गरेको छ। अफर अनुसार हिरो ब्रान्डका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्दा स्क्र्याच कार्ड मार्फत नगद ५ लाखसम्म जित्न सकिन्छ भने बम्पर उपहारमा एउटा भीआईभी कारसमेत जित्ने अवसर रहेको छ।
नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्डहरूमध्ये एक हिरोले नयाँ कीर्तिमान कायम गर्दै देशभर आफ्नो उपस्थितिलाई विस्तार गरिरहेको छ। सि.जी. मोटर्सले हाल नेपालभर ६० भन्दा बढी शोरुममार्फत सेवा प्रदान गरिरहेको छ भने निकट भविष्यमा थप शोरुमहरू खोल्ने तयारी गरिरहेको छ। ग्राहकहरूको बढ्दो संख्यालाई ध्यानमा राख्दै बिक्री, सर्भिस, र स्पेयर पार्टस नेटवर्कलाई तीव्र रूपमा विस्तार गर्ने योजना पनि कम्पनीले अगाडि सारेको छ।
कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा पाँच वर्षे वारेन्टीको सुविधा दिएर ग्राहकहरूको विश्वास बढाएको छ। लोकप्रीय मोडलहरू सुपर स्प्लेण्डर, स्पलेण्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम ११० स्कुटर र सक्सिस एसआई नेपाली बजारमा ल्याएको सि.जी. मोटर्सले आफ्ना उत्पादनहरूमा यूनिक फिचर्ससमेत समावेश गरेको जानकारी दिएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A