जीवछ उदासी
लहान,कातिक १७ गते ।
नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका सह इन्चार्ज विश्वनाथ साहले भ्रष्टाचारमुक्त देश बनाउनको लागि नेकपा माओवादीलाई बलियो बनाउनुपर्ने बताउनु भएको छ ।
लहान नगरपालिका वडा नम्बर -६ र ७ का ७३ जना अगुवा नेता कार्यकर्ता र समर्थकहरुलाई नेकपा माओवादीमा स्वागत तथा प्रवेश गराउँदै शुभकामना आदान प्रदान कार्यक्रममा नेता साहले यस्तो बताउनुभयो ।
देशलाई भ्रष्टाचारमुक्त बनाउन नेकपा माओवादी केन्द्रले आफ्नै पार्टीको नेताहरुलाई समेत नछाडेर सरकारमा रहेर काम सुरु गर्दा सरकार ढलेको स्मरण गराउनुभयो । नेकपा माओवादीका अध्यक्ष प्रडण्ड र उपाध्यक्ष प्रकाश प्रधानमन्त्री र गृहमन्त्री भएर यो अभियान सुरु गरि सक्नु भएको नेता साहले बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य हरिनारायण चौधरीले नेकपा माओवादी कमजोर भयो भने गरीव मजदुर किसान शोषित पीडित जनताको आवाज कमजोर हुने बताउनुभयो । उहाँले थप्नुभयो,' नेकपा माओवादी मधेसमा र देशमा पनि कमजोर हुनुहुँदैन भने लहर नै चलेको छ । २०८४ मा नेकपा माओवादी पहिलो पार्टी बनाउने गरी पार्टीभित्र एकता कायम गरेर अघि बढ्न जरुरी छ ।'
कार्यक्रममा जिल्ला कमिटि सदस्यहरु बिजय गुप्ता देव नारायण महतो,दलित राष्ट्रिय मुक्ति मोर्चाका केस प्रथमलाल राम र लहान नगर कमिटि अध्यक्ष तथा मधेसी राष्ट्रिय मुक्ति मोर्चा सिरहा अध्यक्ष हेमन्त कुमार यादवले पार्टीलाई बलियो बनाउन केन्द्रिय नेताहरु जिम्मेबार भए पार्टीमा प्रवेशको ठूलो लहर आउने धारणा व्यक्त गर्नुभयो ।
नेकपा एमाले काँग्रेससँग मिलेर कम्युनिष्ट आन्दोलनलाई नै घरापमा पारेकोले नेकपा एमाले परित्याग गरेर नेकपा माओवादीमा प्रवेश गरेको लहान-६ का साजन राम,सुर्या राम,भोला राम राम विलास राम,श्याम राम र अजय राम सहित ७३ जना नेकपा माओवादीमा प्रवेश गरेका थिए ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A