दुई प्रमुख शर्तहरू सहित खुट्टी खोला नहर संघर्ष समिति वार्ता र सहकार्यको पक्षमा

  • कार्तिक १९, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । खुट्टी खोला नहर संघर्ष समितिले वार्ता र सहकार्यको माध्यमबाट सिंचाई नहरको विवाद समाधानको पहल गर्दै दुई प्रमुख शर्तहरू प्रस्तुत गरेको छ। 

संघर्ष समितिका अनुसार, लहान नगरपालिका वार्ड नं. १० मा निर्माण भएको खुट्टी खोला सिंचाई नहरमा राखिएको हयुम पाईपलाई हटाउनु पर्नेछ र नहरको सही सिमाना छुट्याई त्यहाँ बनेका संरचनाहरू पनि हटाउनुपर्नेछ शर्तहरू अघि सारेको हो।

समितिका संयोजक धर्मराज चौधरीले भने, "वार्ता र सहमति नै समस्याको समाधानको बाटो हो। तर, हामीले उठाएका दुई प्रमुख शर्तहरू स्थानीय सरकारले अवश्य पूरा गर्नु पर्छ।" उनले किसानहरूको हक र स्वार्थको रक्षा गर्नका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

समितिले स्थानीय सरकारले हालै विज्ञ टोलीको प्रतिवेदनका आधारमा सर्वपक्षीय वार्ता गर्नका लागि चासो देखाएको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी पाएको पनि उल्लेख गरेको छ। चौधरीले नगरबासी र किसान दाजुभाइहरूलाई समस्याको समाधानको लागि सक्रियता देखाउन र वार्तामा सहभागी हुन आग्रह गरे।

समितिका सदस्य र स्थानीय किसानहरूले यो मुद्दालाई प्राथमिकता दिएर समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। खुट्टी खोला संघर्ष समिति सबै स्थानीय नागरिक र किसान दाजुभाइहरूलाई एकजुट भएर समस्या समाधानमा सहयोग गर्न आह्वान गरेको छ। खुट्टी खोला नहरको विवाद समाधान नभएसम्म संघर्ष समिति आन्दोलित रहने पनि बताइएको छ। 

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A