अर्बान फुड प्रा.लि.को कार्यप्रति मुस्लिम समुदायको आपत्ति

  • मंसिर १, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । अर्बान फुड प्रा.लि.ले नेपालमा उत्पादन गर्दै आएको सुंगुरको मासुबाट बनेको ससेजमा हलालको लोगो प्रयोग गरी बिक्री वितरण गरेको घटनाले मुस्लिम समुदायको आस्था माथि चोट पुर्‍याएको भन्दै गम्भीर आपत्ति जनाइएको छ।  

दारुल इफ्ता वल कजा नेपालका काजी-ए-नेपाल मुफ्ती मुहम्मद उस्मान बरकातीले जारी गरेको विज्ञप्तिमा सो कार्य इस्लाम धर्ममा वर्जित भएको र यसले मुस्लिम समुदायको भावनामा ठेस पुर्‍याएको जनाइएको छ। विज्ञप्तिमा कम्पनीको यस प्रकारको गतिविधि पुनः नदोहोरिने सुनिश्चित गर्न सम्बद्ध सरोकारवाला निकायसँग आवश्यक अनुगमन र कानुनी प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।  

मुफ्ती बरकातीले मुस्लिम समुदायको आस्थाको सम्मान गर्दै यस्तो प्रकारको कार्यलाई तत्काल रोक्न र यस विषयमा कठोर कदम चाल्न आग्रह गरेका छन्। सम्बन्धित निकायहरूले यस विषयमा तुरुन्त छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आवश्यक कदम चाल्ने अपेक्षा गरिएको छ।  

FB_IMG_1731696848523

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A