लायन्स क्लब अफ लहान सनसाइनद्वारा शैक्षिक सामग्री वितरण

  • मंसिर ८, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । लायन्स क्लब अफ लहान सनसाइनको आयोजनामा लहान नगरपालिका वडा नम्बर १७ स्थित श्री आधारभूत विद्यालय, बलानसेरका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। 

शुक्रबारका दिन आयोजित कार्यक्रममा विद्यालयका सम्पूर्ण विद्यार्थीलाई कापी, पेन्सिल, एरेजर, कटरलगायतका सामग्री प्रदान गरिएको हो।

शैक्षिक सामग्री वितरण कार्यक्रममा वडा अध्यक्ष प्रथमलाल चौधरी, लायन्स क्लब डिस्ट्रिक्ट ३२५ का जीइटी कोअर्डिनेटर पचक्रपाणि दहाल, एलर्ट चिफ सुदिप कुमार चौधरी, जोन चेरपर्सन पुनम चौधरी, आयोजक क्लबका अध्यक्ष सङ्गिता कुमारी चौधरी, एलसिआइएफ कोअर्डिनेटर रिंकि साह, सर्भिस चेयरपर्सन रुबि कामेत, डाइरेक्टरद्वय कन्चन चौधरी र सङ्गिता चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक मदन मण्डल, शिक्षक-शिक्षिका र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।  

FB_IMG_1732318853375

विद्यालयमा अध्ययनरत ९५% भन्दा बढी विद्यार्थीहरू अत्यन्तै विपन्न दलित समुदायका भएको कारण यस विद्यालयलाई प्राथमिकतामा राखी शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएका छन्। कार्यक्रमले विपन्न समुदायका बालबालिकाहरूको शैक्षिक यात्रा थप सहज बनाउन सहयोग गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

यसअघि पनि सोही विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक, स्कुल ब्याग, स्टेसनरी सामग्री र खाजालगायतका सामग्रीहरू वितरण गरिसकिएको थियो। 

FB_IMG_1732318868286

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A