लक्ष्मीपुर पतारी वार्ड नं. ६ मा जग्गा विवाद: पीडित अन्जु देवीले गरिन् न्यायको गुहार

  • मंसिर १०, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । लक्ष्मीपुर पतारी वार्ड नं. ६ की अन्जु देवी साहले आफ्नो निजी जग्गामा धान काट्न रोक लगाइएको र जबरजस्ती जग्गा पास गराउन धम्की दिइएको आरोप लगाएकी छन्।

उनले पत्रकार सम्मेलनमार्फत आफ्नो पीडा सुनाउँदै वार्ड सचिव घुरन यादवको नेतृत्वमा बसेको बैठकमा आफूलाई धम्की दिँदै सही छाप गराइएको दाबी गरेकी हुन्।

अन्जु देवीले २०६७ सालमा बिन्दीलाल दासबाट किन्नु भएको कि.नं. १०१२ र १०२७ नम्बरको जग्गामा अहिले बिन्दीलाल दासले जबरजस्ती मिटर ब्याजको आधारमा जग्गा आफ्नो नाममा पास गराउन खोजिरहेको बताएकी छिन्।  

यो प्रकरणमा उच्च अदालत जनकपुर, राजविराज इजलासले २०८१ मंसिर ७ गते अन्जु देवीको पक्षमा अन्तरिम आदेश जारी गरेको छ। आदेशमा अन्जु देवीको नाममा रहेको उक्त जग्गामा लगाइएको अन्नबाली जबरजस्ती नकाट्न र जग्गा खनजोत तथा भोगचलन गर्नमा कुनै बाधा अवरोध नगर्न भनिएको छ।  

अदालतले इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी सितापुरलाई आदेश कार्यान्वयनका लागि समन्वय गर्न निर्देशन दिएको छ।  

अन्जु देवीले आफ्नो सुरक्षाको सुनिश्चितता र कानूनी आदेशको कार्यान्वयनका लागि प्रहरी प्रशासनसँग सहयोगको अपेक्षा गरेकी छिन्। यस विषयमा बिन्दीलाल दासको प्रतिक्रिया प्राप्त भएको छैन।  

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A