फिरोज सिद्दिकी
लहान । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को १५औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशनबाट सिरहा शाखाका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। अधिवेशनले नन्दकिशोर गुप्तालाई अध्यक्षमा चयन गर्दै १० सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
उपाध्यक्षमा दीपेन्द्र महतो निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा सुरेन्द्र कुमार महतो, कोषाध्यक्षमा सुनैना कुमारी सिंह कुशवाह र सहसचिवमा धुनु महतो चयन भएका छन्।
सदस्यहरूमा सन्तोषी कुमारी यादव, सन्तोष कुमार गुप्ता, मनोज कुमार यादव, भगवानलाल चौधरी र कुमोद कुमार यादव निर्वाचित भएका छन्।
कार्यसमितिले सिरहा जिल्लामा डिजिटल प्रविधिको प्रवर्द्धन, सूचना प्रविधिको पहुँचलाई बढावा दिनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनले संस्थाको आगामी योजना र डिजिटल रूपान्तरणका लागि आवश्यक रणनीति तय गर्ने निर्णय गरेको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A