क्यान महासंघ सिरहा शाखामा नन्दकिशोर गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

  • मंसिर १५, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को १५औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशनबाट सिरहा शाखाका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। अधिवेशनले नन्दकिशोर गुप्तालाई अध्यक्षमा चयन गर्दै १० सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।  

उपाध्यक्षमा दीपेन्द्र महतो निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा सुरेन्द्र कुमार महतो, कोषाध्यक्षमा सुनैना कुमारी सिंह कुशवाह र सहसचिवमा धुनु महतो चयन भएका छन्।

सदस्यहरूमा सन्तोषी कुमारी यादव, सन्तोष कुमार गुप्ता, मनोज कुमार यादव, भगवानलाल चौधरी र कुमोद कुमार यादव निर्वाचित भएका छन्।  

कार्यसमितिले सिरहा जिल्लामा डिजिटल प्रविधिको प्रवर्द्धन, सूचना प्रविधिको पहुँचलाई बढावा दिनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनले संस्थाको आगामी योजना र डिजिटल रूपान्तरणका लागि आवश्यक रणनीति तय गर्ने निर्णय गरेको छ।  

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A