नगर उपप्रमुखद्वारा कर्मचारीलाई धम्की दिएको घटनाको विरोधमा ज्ञापनपत्र 

  • मंसिर १९, २०८१
  • समृद्धिपथ
alt

लहान । लहान नगरपालिकामा कार्यरत कर्मचारीहरूले नगर उपप्रमुख राम चलितर महतोद्वारा एक असिस्टेन्ट सब-इन्जिनियरलाई धम्की र अभद्र व्यवहार गरिएको घटनाको विरोधमा ज्ञापनपत्र बुझाएका छन्।  

नगरपालिकाको योजना शाखामा कार्यरत असिस्टेन्ट सब-इन्जिनियर राजीव कुमार बैठालाई नगर उपप्रमुख महतोले आज बुधबार आफ्नो कार्यकक्षमा बोलाई प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा र कृषि शाखाका प्रमुख प्रकाश साह हलुवाईको उपस्थितिमा अभद्र गालीगलौज गर्दै भौतिक कारवाही गर्ने धम्की दिएको आरोप लगाएका हुन्।

यस घटनाले कर्मचारीहरूमा त्रासको वातावरण सिर्जना गरेको भन्दै नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूले उक्त कार्यको घोर भर्त्सना गरेका छन्। उनीहरूले पेश गरेको ज्ञापनपत्रमा घटनाको सत्यतथ्य छानबिन गरी कर्मचारीहरूलाई भयमुक्त वातावरणमा काम गर्न सक्ने अवस्था सिर्जना गर्न माग गरेका छन्।

नगरपालिकामा यस प्रकारको गैरव्यावसायिक र अमर्यादित व्यवहारले संस्थाको छवि धूमिल भएको भन्दै कर्मचारी युनियनहरूले पनि कडा प्रतिवाद जनाएका छन्। घटनाबारे नगरपालिकाले आधिकारिक धारणा सार्वजनिक गरिनसकेको भए पनि कर्मचारीहरूले न्याय पाउने अपेक्षा गरेका छन्।  यो घटनाले स्थानीय सरकारको कार्यप्रणाली र कर्मचारीहरूको सुरक्षामा प्रश्नचिन्ह खडा गरेको भन्दै सर्वत्र चर्चा भइरहेको छ।

यता उपमेयर रामचलितर महतोले आफूमाथि षड्यन्त्र भइरहेको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै भनेका छन् - केही दिन पहिला केही कुराहरू लेखेको थिए अब सुरुहुन्छ/षडयन्त्र हेर्नुपर्छ केही दिन धेरै कुरा थाह हुन्छ जनतालाई। सत्य कहिल्यै लुक्दैन, समयसँगै सबैलाई थाहा हुन्छ। आशा गरौं सत्यको जित हुनेछ र जनताले सही कुरा बुझ्नेछन्।

FB_IMG_1733326127125

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A