‘घोङ्गी खान भोटियाटोल जाने लर्को

  • पुस ४, २०८१
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान,पुस ४ गते ।

लहानको मुख्य चोकदेखि दुई किलोमिटर पश्चिममा रहेको भोटियाटोल चोकमा खुलेका आधा दर्जन होटेलहरुमा घोङगी खान वेलुका लर्को नै लागेको हुन्छ । घोङ्गी खाने रहर जाग्यो भने लौ जाउ घोङ्गी खान भोटियाटोल भने भनाइ नै भएको छ ।

उमेश साह र दिनेश साहले एक दशकभन्दा बढी समयदेखि भोटिया टोलमा चलाई रहेको होटेलमा अहिले घोङगीको खपत पहिलेको तुलनामा हवातै बढेको छ । उमेश साह भन्नुहुन्छ,‘भोटिया टोल चोकमा खुलेको आधा दर्जन हेटेलहरुमा दिनको एक क्विनटल घोङ्गी खपत भइरहेको छ । स्थानीय र छिमेकी जिललाबाट आउने घोङगीले पुग्थ्यो । अहिले भारतको विहारबाट घोङ्गी मगाउनु परिरहेको छ ।’

प्रति पलेट ७० रुपैयाको दरमा होटलमा खान पाइने घोङगी भारतको विहारबाट ५० रुपैयाँ किलोमा मगाउनु परिरहेको छ अर्का दिनेश होटेलका सञ्चालक दिनेश साहको भनाइृ छ । लहान –११,१२ र २२ पडरिया भोटियाटोल र सिसवनीमा थारु समुदायको बाक्लो बस्ती रहेकोले घोङगीको पकाउन थालियो तर अहिले थारु मात्रै होइन, अन्य समुदायहरुको पनि घोङ्गी खाने रहरले यसको माग बढ्दै जान थालेको होटेल सञ्चालकहरुले अनुभव सुनाउनुभयो ।

भोटीयाटोल देखि नजिकै रहेको धार्मिक पर्यटकीय सलहेस फुलवारी क्षेत्रमा र उत्तर सरस्वती नदीमा जतिपनि घोङगी पाइन्थ्यो । अहिले स्थानीय घोङगी पाउन छाडेपछि भारत विहारबाट समेत घोङगी आयात गर्नुपर्ने आवस्थाबारे सोच्नुपर्ने बेला भएको समाजसेवी अजय चौधरीको भनाइछ । उहाँको अनुसार स्वास्थ्यको दृष्टिकोणले अति स्वस्थ्या शरीरको हात खुटा दुख्ने कमजोरी महसुस भए घोङ्गी खाने थारु समुदायले गरिरहेको अभ्यासलाई अन्य समुदायले समेत खान सुरु गरेको छ । यसको उत्पादनको लागि लहान नगरपालिकाले कार्यक्रम ल्याउनुपर्ने माछा उत्पादनमा लागेका कृषकहरुलाई यसबारे प्रशिक्षित गराउनुपर्ने आवश्यक्ता छ ।

उमेश होटेलमा भर्खरै दुई दिन अघि निर्वाचित नेपाल पत्रकार महासङ्घका सिरहा शाखाका उपाध्यक्ष पत्रकार रोयाण्टर मण्डल जितको अवसरमा आफ्ना सहयोगी पत्रकारहरुलाई लिएर भोटिया टोलको उमेश होटेलका घोङ्गी खाइरहेको समयमा तपाई बजारको रमझममा रहेको ठूलो होटेलहरु ह्ुँदापनि किन साथीहरुसँग घोङ्गी खान यहाँ आइपुग्नु भयो ? भने जिज्ञासामा उहाँ भन्नुभयो,‘भोटियाटोलको प्याजी र घोङगी निकै मनपर्छ । शकाहारीहरुको प्याजी होटेलमा जान्छ मंसाहारीहरुको लागि भाटियाटोलको घोङ्गी नै अति मन परेकोले आएका छौ । सस्तो स्वादिष्ट र कम खर्चमा सन्तुष्टि भएकोले यहाँ आएका हौ ।’

साउन भदौमा पाइने घोङ्गीलाई पोखरीमा राखेर जाठो महिनामा बढी खपत हुने गरेकोले यसतर्फ हाम्रो ध्यान गइरहेको लहान–१२ का वडाध्यक्ष तथा लहान नगरपालिका कृषि शाखाको र्सयोजक बद्री नारायण चौधरीले भन्दै यसको उपयोग र विशेषता र प्रभावकारिताबारे विशेष कार्यक्रम ल्याउने तयारीमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘लहान–१५ बानोमा पर्यटकहरुको लागि सञ्चालनमा ल्याएको ‘होमस्टे’मा पनि घोङगीको माग बढेको छ । यसले थारु समुदाय र लहानको पहिचानमा समेत बृद्धि भएकोले आत्मगौरव बढाएको हो ।’

 

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A