'मुद्दा दर्ता गरियो तर फरार रहेको खगेश्वर यादवलाई प्रहरीले पक्राउ गरिरहेको छैन '

  • पुस २७, २०८१
  • समृद्धिपथ
alt

 

समृद्धिपथ समाचारदाता 

लहान,पुस २७ गते । 

मिर्चैया नगरपालिका वडा नम्बर - ३ वस्ने खगेश्वर यादमाथि इलाका प्रहरी कार्यालय मिर्चैयामा ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएपनि प्रहरीले पक्राउ नगरेको पीडित विमल यादवले पीडा पोख्नु भएको छ ।

गएको मङग्सिर १४ गते राघोपुर बजारमा १२ बजे चिया पसलमा बसिरहेको समयमा स्थानीय खगेश्वर यादवले दस पन्ध्र जनाको समूहमा आएर ज्यानै मार्ने गरी कुटपिट गरेको पीडित यादवले बताउनुभयो । उहाँ भन्नुहुन्छ,'मलाई ज्यानै मार्ने उद्येश्यले सार्वजानिक स्थलमा हमला गर्ने खगेश्वर यादव लगायत केहि व्यक्तिहरुमाथि इलाका प्रहरी कार्यालय मोर्चैयामा मुद्दा दर्ता त भयो तर प्रहरीले पक्राउ नगरेको अवस्थाछ । यसले झन् पीडित भएको छु । के यो देशमा कानुन छ कि छैन् ? म जस्ता गरीवले कहा न्याय पाउने ?'

'खगेश्वर यादवलाई त प्रहरीले पक्राउ गर्नु परको कुरा मिर्चैया नगरप्रमुख श्रवण कुमार यादवलाई अपमान गर्नु र धम्की दिइने खगेश्वरले म जस्ता सर्व साधारणको अवस्था के होला ?,' विमल यादवले भन्नुभयो । खगेश्वर यादव मिर्चैया नगरपालिका -३ का वडाध्यक्ष पवित्री यादवको पति हुनुहुन्छ ।यता इलाका प्रहरी कार्यालय मिर्चैयामा सम्पर्क गर्दा खगेश्वर यादवको खोजी भइरहेको बताइएको छ ।

तस्बिरमा मिर्चैया - ३ राघोपुरका पीडित विमल यादव

 

मधेस प्रदेशलाई सुख्ख ...

समृद्धिपथ दैनिक सिरहा, असार २८ । मधेस प्रदेश सरकारले म ...

आदिकवि भानुभक्त आचार ...

— समृद्धिपथ दैनिक, लहान लहान, असार ३० । आदिकवि भ ...

मानव अधिकार एलायन्स ...

फिरोज सिद्दिकी  लहान, असार ३० गते। राष्ट्रिय मानव ...

लागुऔषधसहित दुई जना ...

लहान, असर २० गते । सिरहाको लहान नगरपालिका वडा नं. ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A