जीवछ उदासी
लहान,पुस २८गते ।
लहान–२२ का कृषक रामचन्द्र यादवको पूर्व पश्चिम जाने राजमार्गमा जोडिएको पर्ने दुई करोड मूल्यका घरघडेरी ४५ लाखमा भएको लिलामी फिर्ता गराउने वार्ताले निष्कर्ष निकालेको छ ।
पुस २५ गते कृषि विकास बैंक लहान शाखामा पीडित कृषक रामचन्द्र यादवलाई न्याय दिलाउन आन्दोलनकारी कृषकहरु बैंकमा तालाबन्दी गर्न कार्यालयमा पुगेपछि सुरक्षाकर्मी र आन्दोलनकारी कृषकहरुबीच भीडन्तको अवस्था सृजना भएको थियो । पीडित कृषक रामचन्द्र यादवको परिवार सडकमा अनसन बसेपछि लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी उपप्रमुख रामचलितर महतो र नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्ष मनोज कुमार बनैताले शुक्रबार वार्ताको माध्यमबाट जग्गा फिर्ता गराउने विश्वास दिलाएपछि कृषक यादवले अन्सन तोडेका थिए ।
शुक्रबार सम्पन्न वार्तामा सिरहा नगरपालिका प्रमुख नविन कुमार यादव, भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादव जिल्ला प्रमुख अधिकारी वासुदेव दाहाल लहानका नायव उपरीक्षक विष्णु प्रसाद सोती लहान नगरपालिका उपप्रमुख रामचलितर महतो पीडित कृषक यादवको तर्फबाट किसान आन्दोलनका अगुवा रहेका सत्य नारायण यादव, हेमन्त कुमार यादव,बालेश्वर यादव र अजय चौधरी जग्गा लिलामी थामेकी सुनसरी भनोक्राहा–३ की तारा रौनियारको पति विक्रम रौनियार, जिलला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास शारडाको उपस्थितिमा तीन घण्टाको वार्ताबाट पीडित किसान रामचन्द्र यादवको जग्गा लिलामीमा कृषि विकास बैंकको त्रृटि रहेको र कानुनी प्रक्रिया समेत नपुगेकोले जग्गा फिर्ताको लागि मालपोत कार्यालय लहानमा न्यायिक समिति लहान नगरपालिकाबाट पत्र काटिने र अन्य प्रक्रियाहरु थालेर लिलाम भएको जगा फिर्ता गराउने गरी वार्ता सम्पन्न भएको छ ।
४५ महिनामा लिएको ओडी ऋण अन्तर्गत लिएको तीस लाख मूलधनकनको वीस १९ लाख ९८ हजार किस्ता तिरिसकेको कृषक रामचन्द्र यादवको दुई करोड मूल्यको घर घडेरी ४५ लाखमा पुस १ गते लिालामी गरि पुस २ गते रजिष्ट्रेशन भइ पास भएको सुचना मालपोत कार्यालयबाट कृषक यादवले जानकारी पाएको थियो । कृषि विकास बैंक लहान शाखामा बिना सुचना कसरी लिालमी गरी दिनु भएको जिज्ञासा राख्दा प्रबन्धक विवेक पौडेलले कानुनी रुपमा लिलामी भएको जग्गना फिर्ता नहुने जावफ फर्काएपछि लहानमा पीडित कृषक रामचन्द्र यादवको पक्षमा न्यायको लागि कृषकहरु सङगठित भइ आन्दोलन गर्दै आइरहेका थिए ।
लहान वडा नम्बर १ पर्ने घर घडेरी लिलामीको लागि वडा कार्यालयमा समेत सुचना जाने र वडाध्यक्षको हस्ताक्षर गर्ने प्रावधान भएको कानुनी प्रक्रिया पुरा नगरेको लहान –१ क वडाध्यक्ष युगल किशोर चौधरीले वार्तामा आफ्नो धारणा राख्नु भएको थियो । २०८१ मङग्सिर १९ गते समेत किस्ता तिरेको र पुस १ गते लिलामी प्रक्रिया अघि बढाउँदा कृषक रामचन्द्र यादवलाई कुनै सुचना समेत नदिएको तथ्य समेत वार्तामा आएपछि लिलामी भएको घरघडेरी फिर्ता गराउन वार्ता टोली एकमत भएको वार्तामा बस्नु भएको लहान नगरपालिका उपप्रमुख राच चलितर महताृेले बताउनुभयो ।
पीडित कृषक राम चन्द्र यादवले न्याउ पाउनुपर्ने प्रदेशसभा सदस्यहरु क्रमशः लललिता देवी दास , राजेन्द्र प्रसाद चौधरी र राज कुुमार गुप्ताले सामुहिक रुपमा आवाज उठाएपछि लहानमा आन्दोलनले गति लिएको थियो । सञ्चार क्षेत्रले निरन्तर सहि सत्य समाचार सम्प्रेषण् गरेपछि पीडित कृषक रामचन्द्र यादवले न्याय पाउने अवस्था आएको नेपाल पत्रकारमहासंघ सिरहा शाखा अध्यक्ष मनोज कुमार बनैताले बताउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A