लहान नगरपालिकामा ब्रह्मलुट, पौने चार करोड खाजामा खर्च, भ्रष्टाचारको आरोप

  • पुस २८, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीमाथि सरकारी बजेट दुरुपयोग गर्दै ब्रह्मलुट मचाएको आरोप लागेको छ। नेकपा माओवादी केन्द्र लहानका नगर अध्यक्ष हेमन्त यादवका अनुसार, आर्थिक वर्ष २०७९/८० मा खाना र खाजामा मात्रै ३ करोड ७५ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ, जसलाई उनले "ब्रह्मलुट"को संज्ञा दिएका छन्।  

महालेखा परीक्षकको प्रतिवेदनले पनि उक्त खर्चलाई औचित्य पुष्टि नगरी खर्च भएको र सैद्धान्तिक वेेरुजु ठहर गरेको हो। प्रतिवेदनका अनुसार, ३ करोड ६० लाख ५३ हजार रुपैयाँ भुक्तानी भइसकेको छ भने १५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ। खर्चका लागि कुनै हाजिरी, अर्डर स्लिप वा प्रयोजन सम्बन्धी प्रमाण उपलब्ध नगराइएकोले यो रकम संदिग्ध ठहरिएको छ।  

नेकपा एमालेका लहान नगर अध्यक्ष राजकुमार साहले खाजा र खानामा भएको यो खर्चलाई "अनावश्यक अपचलन" भनेका छन्। "हामीले नगरपालिकालाई अनावश्यक खर्च कटौतीका लागि ज्ञापनपत्र बुझाएका थियौं। तर, सहमति कार्यान्वयनमा आएको छैन," साहले भने।  

त्यसैगरी, नेपाली कांग्रेसका युवा नेता अजय चौधरीले पनि मेयर चौधरीमाथि गम्भीर आरोप लगाउँदै भने, "पौने चार करोड खाजा र खानामा खर्च हुनै सक्दैन। यो रकम मेयरका आसेपासेहरूका लागि रक्सी र मासुको पार्टीमा दुरुपयोग भएको छ।" उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यथाशीघ्र छानबिन गर्न आग्रह गर्दै भने, "यदि कारबाही भएन भने अख्तियारमाथि जनताको विश्वास टुट्नेछ।"  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीका अनुसार, लहान नगरपालिकाले खाजा र खानामा यति धेरै रकम खर्च गरेको नेपालकै इतिहासमा पहिलो घटना हो। औचित्य पुष्टि नगरी र सपोर्टिङ कागजात नराखी गरिएको यो खर्चबारे आयोगले स्वतः छानबिन सुरु गरिसकेको छ।  

यस विषयमा लहान नगरपालिकाले महालेखाको प्रतिवेदनमा त्यस्तो कुरा उल्लेख नभएको जनाएका छन्। तर, स्थानीय राजनीतिक दल र सर्वसाधारणले यो प्रकरणमा कडा कदम चाल्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्।  

1000026406

लहानमा माघे संक्रान् ...

फिरोज सिद्दिकी लहान । लहानमा माघे संक्रान्तिको अव ...

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A