लायन्स क्लब अफ लहान फुलबारीद्वारा नि:शुल्क चिया, बिस्कुट तथा कपडा वितरण कार्यक्रम सम्पन्न

  • माघ २, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान। लायन्स क्लब अफ लहान फुलबारीको आयोजनामा दुर्गा मन्दिर, लहान–७ मा नि:शुल्क चिया, बिस्कुट तथा कपडा वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।  

कार्यक्रम क्लबका अध्यक्ष शंकर प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथि जिल्ला उद्योग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष बिकास कुमार सारडाले समाजसेवाका यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश पुर्‍याउने बताए।  

क्लबका चार्टर प्रेसिडेन्ट राकेश झाको सौजन्यमा आयोजना गरिएको कार्यक्रममा निवर्तमान अध्यक्ष राजाबाबु साह, लहान नपा–७ का वडा अध्यक्ष राम अवतार शर्मा, लहान नपा–२४ का वडा अध्यक्ष रासलाल राय, प्याब्सन मधेश प्रदेशका प्रमुख सल्लाहकार मुरारी प्रसाद साह, प्याब्सन सिरहाका अध्यक्ष उमेश प्रसाद चौधरीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।  

FB_IMG_1736924939542

कार्यक्रममा नेपाल आयुर्वेद औषधि व्यवसायी संघ सिरहा लहानका अध्यक्ष प्रीयरंजन उपाध्याय (मुन्नजी), नेपाल औषधि व्यवसायी संघ सिरहाका निवर्तमान अध्यक्ष श्याम प्रसाद राउत, लहान सिटी जेसीजका अध्यक्ष उमेश कुमार यादव, अपांग पुनर्स्थापना केन्द्र लहानका संजय अग्रवाल र फुलबारी क्लिनिक तथा डाइग्नोस्टिक सेन्टरका डा. रितेश गिरि लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।  

कार्यक्रमका सहभागीहरूले समाजसेवामा लायन्स क्लबको योगदानको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा राखे।  

उक्त कार्यक्रम लायन्स क्लबका उपाध्यक्ष मनिष सारडा, एल. आर. एल ल्याबका संचालक बिजय कुमार यादव, लहान सिटी जेसीजका पूर्व अध्यक्ष जेसी बसन्त साह लगायतका व्यक्तित्वहरूको सक्रिय सहयोगमा सम्पन्न भएको थियो।  

 

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A