फिरोज सिद्दिकी
लहान, ६ गते फागुन । मधेश प्रदेश सरकारले पारित गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को व्यवस्थाले वृति विकासमा रोक लाग्ने भन्दै लक्ष्मीपुर पतारी गाउँपालिकाका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्।
नेपाल स्वास्थ्य सेवा नियमावली, २०५३ बमोजिम सहायक चौथो तहमा अ.हे.व. पदमा नियुक्ति हुँदा अनिवार्य २ तह स्तरवृद्धिको व्यवस्था भए पनि नयाँ ऐनले उक्त सुविधा कटौती गरेको आरोप लगाउँदै स्वास्थ्यकर्मीहरूले दबाबमूलक लोकतान्त्रिक संघर्ष गर्ने निर्णय गरेका छन्।
गाउँपालिका स्तरीय सि.अ.हे.व./सि.अ.न.मी. संघर्ष समिति गठन गर्दै आन्दोलनको तयारी थालिएको छ। हरिनारायण चौधरी संयोजक रहने गरी गठित समितिमा सोनी खातुन सहसंयोजक, मोहम्मद इरसाद सचिव, सरोज कुमार दास सहसचिव र हेमलता ठाकुर कोषाध्यक्ष रहेका छन्।
समितिमा अजय गुप्ता, रामनारायण साह, रेनुका चौधरी, मनिषा चौधरी, उषा यादव, चन्द्रकला राम, रेनु सिंह, पुनम सिंह, भावना यादव, अनिता चौधरी, सविता बिष्ट, सीमा चौधरी, श्याम कुमारी यादव, सुनिता सिंह, सविता सिंह, सविता चौधरी, रामप्रसाद चौधरी र ललिता यादव सदस्यका रूपमा रहेका छन्।
संघर्ष समितिले छिटोभन्दा छिटो ऐन संशोधन गर्न प्रदेश सरकारलाई दबाब दिने चेतावनी दिएको छ। साथै ऐनको प्रावधानले स्वास्थ्यकर्मीहरूको मनोबल गिराउने भएकाले तत्काल समाधानको मागसमेत गरिएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A