सिरहामा प्रतिबन्धित महुर प्रजातिको माछा नियन्त्रणमा, सशस्त्र प्रहरीद्वारा नष्ट

  • फागुन ७, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

सिरहा, माघ ७ गते । सिरहाको ठाडीस्थित प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मको टोलीले बुधबार नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको प्रतिबन्धित महुर प्रजातिको भुरा माछा नियन्त्रणमा लिई नष्ट गरेको छ।  

सशस्त्र प्रहरी निरीक्षक राजेश आचार्यका अनुसार भारतबाट नेपालतर्फ ल्याउन खोजिएको करिब १५ केजी महुर प्रजातिको माछालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर प्रहरी कार्यालय हाताभित्र नष्ट गरिएको हो।  

महुर प्रजातिको माछा नेपालमा स्वास्थ्य जोखिमको कारणले प्रतिबन्धित छ। यस माछाको सेवनले क्यान्सरजस्ता गम्भीर रोगहरू निम्त्याउन सक्ने भएकाले नेपाल सरकारद्वारा यसको आयात र खपतमा पूर्ण प्रतिबन्ध लगाइएको छ।  

सिरहाको सीमा क्षेत्रमा अवैध वस्तुहरूको ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायहरूले थप कडाइ गर्दै आएका छन्। यो घटनाले सीमा क्षेत्रमा अनुगमनको प्रभावकारिता पुष्टि गरेको स्थानीयहरूले बताएका छन्।

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A