विद्यालय सम्बन्धी विवादमा समाचार प्रकाशनप्रति नेपाल थारु संघ सिरहाको प्रेस विज्ञप्ति

  • जेठ १०, २०८२
  • समृद्धिपथ
alt

लहान । नेपाल थारु संघ, जिल्ला कार्य समिति सिरहाले लहान–१ मा रहेको पशुपति आदर्श मावि सम्बन्धी समाचारप्रति गम्भीर आपत्ति जनाउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ।

संघका अध्यक्ष अजय कुमार चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ— संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास, महोत्तरीको पत्र अनुसार विद्यालयमा नौ वर्षअघि पसल भाडा संकलनमा भ्रष्टाचार भएको उजुरीबारे अनुसन्धान गर्न लहान नगरपालिकालाई जानकारी दिइएको थियो। सो अनुरूप नगरपालिकाले विद्यालयसँग राय माग्दा विद्यालयले आवश्यक कागजातसहित जवाफ दिएको र सो प्रकरणमा सिरहा जिल्ला अदालतबाट वादीका अभिलेख प्रमाण नपुगेको भनी मिति २०८१/१/१५ मा फैसला भइसकेको स्पष्ट गरिएको छ।

'खबर हब', 'टुडे खोज', र 'समृद्धि पथ' लगायतका अनलाइनहरूमा पशुपति माविका तत्कालीन प्र.अ. परमेश्वर रायले ५० लाख रुपैयाँ चुनाव खर्चका लागि उठाएको भनी समाचार प्रकाशित गरिनु नियोजित र चरित्र हत्या गर्ने मानसिकता भएको संघको ठहर छ।

२०८२ जेठ ५ गते निकालिएको विज्ञप्तिमा भनिएको छ, 'समाचारले अदालतको मानहानी गर्ने गरी कल्पनाशक्ति प्रयोग गरिएको छ। सो प्रकरण अझै अख्तियारको अनुसन्धान अन्तर्गत रहेकाले त्यसको गोप्य विवरण सञ्चारकर्मीलाई कसरी चुहावट भयो भन्ने विषयमा छानबिन हुनुपर्छ।'

संघले दोषी पुष्टि नभएका व्यक्तिमाथि चरित्र हत्या गर्ने कार्यको भर्त्सना गर्दै विज्ञप्तिमा भनिएको छ 'कानुन व्यक्ति होइन, विधिको शासन हुनुपर्छ। दोषी प्रमाणित भएमा सजाय भोग्नुपर्छ तर दोष नपुगेका व्यक्तिलाई बदनाम पार्ने उद्देश्यले समाचार लेख्ने फोहोरी खेल तत्काल बन्द गर्नुपर्छ,।'

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले लहान नगरपालिकालाई पत्र पठाउँदै पशुपति आदर्श माध्यमिक विद्यालयले ८९ जना व्यापारीहरूसँग ९ वर्षअघि पसल सञ्चालनको नाममा उठाएको रकममा छानबिन प्रक्रिया अघि बढाउँदै सो रकम केमा खर्च भयो भन्नेबारे स्पष्ट विवरण माग गरेको थियो। 

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A