जीवछ उदासी
लहान,बैशाख १२ गते
सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनु भएको भूतपूर्व सांसद नथुनी सिंह दुनुवारको नवौ स्मृति दिवस सिरहा विकास मञ्च सिरहाले मनाएको छ । विहिवार एक कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाइको थियो । सिंहको एक किसान परिवारमा १९९६ पुस १५ गते जन्म भएको थियो भने मृत्यु २०७४ बैशाख १० गते भएको थियो ।
लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ४ ब्रम्हपुरीमा जन्मिनु भएको सिंह प्रजातान्त्रि आन्दोलनको खम्बा,सांस्कृतिक भाषिक र समाजिक क्षेत्रमा समेत उहाँको उच्च योगदान रहेका चर्चा स्मृति नवौ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य पदम नारायण चौधरी,मधेश प्रदेशसभा सदस्य राजेनद्र प्रसाद चौधरी,प्रध्यापक इन्द्रदेव ठाकुर समाजसेवी केदारनाथ यादव प्रधानाध्यापक विनोद सिंह, भारतीय पत्रकार सञ्जय सौर्य,स्थानीय वुद्धिजीवि गुदर यादव र लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्ष चतुराननद ठाकुरले गर्नु भएको थियो ।
२०४८ सालको निर्वाचनमा सिरहा २ बाट नेपाली काँग्रेसको उम्मेदवार भइ प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिंह सिरहा जिल्लाको धार्मिक पर्यटकीय स्थलहरुको विकासको लागि लोक नायक सलहेस पुस्तक , दुनुवार जातिको इतिहास र मैथिली तथा दुनुवार भाषाको विकासको लागि उहाँको ठूलो योगदान रहेको चर्चा गरिएको थियो । नेपाली काँग्रेसको केनिद्रय सदस्य पदम नारायण चौधरीले भन्नुभयो,‘‘सिरहा जिल्लाका प्रजातान्त्रिक आन्दोलनको एक अगुवा नेता भएकै कारणले २०१८ सालदेखि भारतमा निर्वासित जीवन विताएर प्रजातान्त्रिक आन्दोलन सफल बनाउन उहाँको ठूलो योगदान रहेको छ ।’’
सिरहा जिल्लाको गान्धी नेताको रुपमा चिनिएको नथुनी सिंह दुनुवार राजनीतिज्ञ नेता मात्रै नभएर पतारी पोखरीमा रहेको राजा हरिसिंह देवको इतिहास, सलहेसको इतिहास र भाषिक सांस्कृतिका पहिचानको लागि विगुल फुक्ने प्रेरणादायी सांस्कृतिक धरोहरको रुपमा उहाँलाइ सम्मान गरिरहेको समाजसेवी नेता केदारनाथ यादवले स्मरण गर्नुभयो ।
२०४६ सालको आन्दोलन सफल बनाउन उहाँको संगहतमा रहेर काम गर्ने अवसर प्राप्त भएको मधेश प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले भन्दै उहाँको निष्ठा इमानदारी र योगदानको कदर गर्न उहाँको स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रका प्रतिभाहरुलाई सम्मान गर्नुपर्ने तर्क गर्नुभयो ।
लक्ष्मीपुर पतारीको पोखरीको पश्मिपटि रहेको श्रीनन्दलाल ललिता माध्यमिक विद्यालय स्थापना गराउन २०३८ सालमा नथुनी सिंह दुनुवारले हाम्रो हजुरबुबालाई जग्गा दिन र विद्यालय बनाउन प्रेरित गराउनु भएको सिंहको यस क्षेत्रमा शिक्षाको जग बनाउने कार्य उहाँबाट भएको लक्ष्मीपुर पतारीका गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले बताउनुभयो ।
दसौ स्मृति दिवसको अवसरमा नथुनी सिंह दुनुवारको जीवन गथा लेखेर उहाँले गर्नु भएको काम र योगदान कदर गर्न पुस्तक लेखिने वरिष्ट पत्रकार रामरिझन यादवले प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपालमा मात्रै होइन, भारतमा पनि प्रजातान्त्रि आन्दोलनमा भूमिका निर्वाह गर्नु भएको भारत विहारबाट दैनिक जागरणका पत्रकार सञ्जय शौर्याले सिंहबारे धारणा राख्नु भएको थियो । नथुनी सिंह दुनुवार फाउनडेशन मार्फत उहाँको योगदानको कदर गर्दै विविध कार्यक्रम गर्न सात लाख रकम विनियोजन गरिएको लक्षप्पुर पतारी गाउँपालिका अध्यक्ष ठाकुरले जानकारी गराउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A