पक्की इनारबाट पक्कीटोल नामाकरण

  • साउन १, २०८३
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान, साउन १ गते

पहिलेको बस्तीपुर गाउँपालिका र मलहनमा गाउँपालिकाको सीमाना रहेको पक्कीटेल अहिले लहान नगरपालिका वडा नम्बर १३ र २४ मा पर्दछ । १५० वर्ष अघि खनिएको पक्की इनारबाटै पक्कीटोल बनेको नमाकरण भएको छ । यतिवेला पककीटोल चौतर्फी विकासको लागि चर्चामा रहेको छ ।

इनारबाट परिचित पककीटोल अहिले विकासका गति लिएर समृद्ध पककीटोल बनाउन नयाँ पुस्ता सक्रिय देखिएको छ । प्रगतिको कारण मधेशी पहाडेको मिश्रित बस्ती हुनुपनि प्रमुख कारण रहेको लहान वडा नम्बर १३ का वडासदस्य मानबीर यादवको बुझाइ छ । उहाँ भन्नुहुन्छ,‘‘विद्यालय वडा कार्यालय,अस्थायी प्रहरी चौकी र रामजानकी मन्दिरलाई आन्तरिक पर्यटकीय स्थलको रुपमा विकास गर्न भइरहेको प्रयासले अन्य ठाउँको तुलनामा विकासको माहोल साकारात्मक रुपमा अघि बढेको छ ।’’

८० वर्षिय जगबिर यादवको बुझाइमा यस भेगमा सरस्वतीधार सिमसार क्षेत्रको पानी खान नुहाउन र गाइबस्तुलाई समेत प्रयोग गरिन्थ्यो । पककी टोलमा नै पहिलोपटक पककी इनार खनिएपछि यस भेगको लागि पानी खाने आश्रय स्थल बन्यो । पक्की इनार खनिएपछि यस टोलको नाम पककी टोल रहन गयो । पक्की टोलमा १५० वर्ष पुरानो इनारसँगै रोपिएको पिपलको रुख अहिले पनि छ । यहि पिपलको रुखमुनि मधेशी पहाडी दुबै समुदाय बसेर गाउँको विकास राजनीति चेतना र अन्य विषयमा छलफल गर्ने चौतारीको रुपमा रहँदै आएको छ ।

२०६७ सालमा पक्कीटोलका पहाडे र मधेशी समुदायका युवाहरु स्थानीय अगुवाहरु मिलेर अस्थायी प्रहरी चौकी स्थापना नगरेको भए पककी टोलका पहाडे समुदायहरु विस्थापित भैसक्ने अवस्थामा हामी सक्रिय भएको स्थानीय युवा अनोज कोइरालाले सुनाउनुभयो । उहाँको अनुसार स्थानीय पहाडे समुदायहरु मिलेर सुरक्षाको लागि चालिस लाख रकम सङकलन गरेर अस्थायी पककी प्रहरी चौकीको भवन निर्माण गरियौ ।

बस्तीपुर र मलहनमाबाट माओवादी सशस्त्र द्वन्द्वकाल र त्यसपछि जनतान्त्रिकको नाममा भइरहेको लुटपाटको कारण लगभग ५० घर पहाडे समुदाय विस्थापित भएपनि पक्की टोलका मधेशी र पहाडे समुदाय मिलेर शान्ति सुरक्षाको लागि अस्थायी प्रहरी चौकी भवन निर्माण गरेर व्वयस्थित गरिएको स्थानीयहरुले बताएका छन् ।

पक्की इनारबाट नामाकरण भएको पक्की टोलमा पक्की विद्यालय भवन, पककी प्रहरी चौकी, पककी रामजानकी मन्दिर पर्यटकीय स्थल निर्माण र यहाँबाट पाँच किलोमिटर उत्तरमा सरे खोलामा पक्क िपुल निर्माण अन्तिरम चरणमा र धार्मिक पर्यटकीय स्थल मानिक दहमा पक्की मन्दिर र गाउँमा पनि ८० प्रतिशत सबैको पक्की घर पक्की टोलको पक्की इनारको इतिहासबाट जोडिएको स्थानीय मानव अधिकारवादी नेता राजकुमार राउतको तर्क छ ।

उहाँ भन्नुहुन्छ,‘‘लहान नगरपालिकाको वडा नम्बर १३,१४ र २४ को संगम स्थल रहेको पक्कीटोल पञ्चायतकालमा समेत लोकतान्त्रिक आन्दोलनको केन्द्रविन्दुको रुपमा रहेको इतिहास छ । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रदिप गिरी र नेकपा एमालेको दोस्रो पुस्ताको नेता गङगा प्रसाद यादवको प्रजातान्त्रि बाम आन्दोलनको राजनीति यात्रामा समेत पककी टोलको अहम भूमिका रहेको छ । यस गाउँको पहिचान नै अलग रहेको छ ।

अहिले दुई करोड ९० लाखको लागतमा सामुदायिक भवन,रामजानकी मन्दिरमाको नाममा रहेको एक विगहा जमीनलाई पर्खाल लगाएर त्यसभित्र चिल्ड्रेन पार्क योगा केन्द्र र वैवाहिक मण्डप निर्माण गरेर दिउँसै सस्तोमा विवाह गर्ने गरी भडकिलो र खर्चिलो विवाहबाट राहत महसुस हुनेगरी कार्यक्रम अघि बढाएको लहान वडा नम्बर २४ का वडाध्यक्ष रासलाल रायले बताउनुभयो ।

 

 

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A