समाज

    Showing १-१० of ८०५ items.
  • कम्प्युटर एसोसिएसन नेपाल महासंघ सिरहाको १६औं वार्षिक साधारण सभा सम्पन्न

    फिरोज सिद्दिकी सिराहा । कम्प्युटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा सिरहाले आफ्नो १६औं वार्षिक साधारण सभा लहानस्थित होटल सम्राट इनमा सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अतिथि एभरेष्ट कलेजका संस्थापक धरनिधर अधिकारी रहेका थिए। शाखा अध्यक्ष नन्द किशोर गुप्ताको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि धनञ्जय महतो, केन्द्रिय भु.पु. सचिव तथा संस्थापक अध्यक्ष दिपेन्द्र राज सिंघ, मधेश प्रदेश सचिव संजय कुमार ठाकुर, मधेश प्रदेश सदस्य अरुण कुमार महतो, जिल्ला उद्योग वाणिज्य संघका सचिव प्रदिप गुप्ता, शंकर प्रसाद गुप्ता लगायतका विशिष्ट अतिथिहरू उपस्थित थिए। जिल्ला कार्य

    • प्रकाशित मितिः मंसिर ६, २०८२
    • १९८ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल प्रिमियर लिगमा चितवन राइनोजको ‘कनेक्टिभिटी पार्टनर’ बन्ने भयो भायानेट

    काठमाडौं। देशभरका लाखौँ घरमा इन्टरनेट सेवा पुर्‍याइरहेको भायानेट कम्युनिकेशनले अब खेलकुद क्षेत्रमा पनि आफ्नो उपस्थिति बलियो गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली चितवन राइनोजको ‘कनेक्टिभिटी पार्टनर’ बन्ने भएको छ। शुक्रबार आयोजित एक कार्यक्रममा भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शाहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख सञ्चालन अधिकृत डा. आशिष खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट लिग मानिने एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ (नोभेम्बर १७ देखि डिसेम्बर १३, २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • १३२ पटक पढिएको
    • समृद्धिपथ
  • प्राकृतिक विपत्तिको दोहोरो मारमा किसान: मधेशमा खेतबारी डुबान, किसान संकटमा

    सिरहा । नेपालभर ‘अन्नको भण्डार’ को रूपमा चिनिने मधेश प्रदेशमा खडेरीको मार नझेलिनु अघि नै नयाँ प्राकृतिक संकट थपिएको छ। लामो समयदेखिको वर्षाले अभाव र सिँचाइ नहुँदा धान तथा अन्य खाद्यान्न उत्पादनमा ठूलो गिरावट आएको मधेश अहिले ‘मोन्था’ नामक चक्रवातको प्रभावमा परेको हो। पछिल्ला तीन दिनदेखि लगातार परेको वर्षा र तीव्र हावाहुरीका कारण सिरहा, सप्तरी, धनुषा, महोत्तरीदेखि सर्लाही र रौतहटसम्मका थुप्रै क्षेत्रका खेतबारी डुबानमा परेका छन्। कति ठाउँमा पाक्न लागेको धान र काटेर सुरक्षित गर्न नपाएको धान पूरै डुबानमा परेपछि किसान चिन्तित बनेका छन्। मधेशमा हाल धान भित्र्याउने समय चलिरहे

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • २१५ पटक पढिएको
    • समृद्धिपथ
  • छठको पहिलो दिन साँझको अर्घ दिदै भक्तजन

      जीवछ उदासी  लहान,कातिक १० गते लोक आस्था र सामाजिक एकता एवं सद्भावको पर्व छठको पहिलो दिन छठघाटमा साँझको अर्घ भक्तजनहरुले दिइरहेका छन् ।  लहान नगरपालिकाको वडा नम्बर ४,५,६,७,८,९ र १० बजार क्षेत्रका भक्तजनहरु खुटी खोलामा छठ पर्व मनाउँदै आइरहेका छन भने लहान १ र ३ का भक्तजनहरु लहान -३ स्थित पुरनी पोखरी र लक्ष्मण ललिता कुशवाहा माविको पोखरीमा विशेष सजावटका साथ छठ पर्व मनाइरहेका छन् ।  ललकु माविको पोखरीमा २ सय र पुरनी पोखरीमा ३ सय गरी ५ सय घर परिवारले छठ मनाइरहेको पुजा समितिले जनाएका छन् । 

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ३१७ पटक पढिएको
    • समृद्धिपथ
  • मिथिलाको माया, स्नेह र संस्कृतिको उज्यालो प्रतीक भरदुतिया पर्व

    आज मधेसका विभिन्न जिल्लाहरु  धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहटदेखि पर्सासम्म गाउँदेखि सहरसम्म भरदुतिया अर्थात् भाइटिका पर्व धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक स्नेहका साथ उल्लासपूर्वक मनाइँदै छ। दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, स्नेह र रक्षा सम्बन्धको प्रतीकका रूपमा यो पर्व मिथिला समाजमा विशेष महत्त्वका साथ मनाइन्छ। पौराणिक कथा र धार्मिक महत्त्व भरदुतिया पर्व कार्तिक शुक्ल पक्षको दोस्रो तिथि अर्थात् दुतियाको दिन मनाइन्छ। पौराणिक कथाअनुसार, मृत्युका अधिपति यमराज आफ्नो बहिनी यमुना (यमी)लाई भेट्न स्वर्गबाट पृथ्वीमा आएका थिए। यमलाई स्वागत गर्न यमीले आरती, टिका, पुष

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • २५४ पटक पढिएको
    • समृद्धिपथ
  • धनधान्य र समृद्धिको कामनासहित श्रद्धा–भक्तिपूर्वक लक्ष्मीपूजा मनाइदै

    लहान । यमपञ्चकको तेस्रो दिन आज साँझ अधिराज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा–भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ । हिन्दू धर्मावलम्बीहरूले यस दिनलाई वर्षकै सबैभन्दा शुभ र उज्यालो रातका रूपमा मनाउने परम्परा रहिआएको छ । ‘बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन्’ भन्ने प्रचलित भनाइअनुसार आज बिहानैदेखि नै घर–आँगन सफा–सुग्घर पार्ने, भित्तो–छानो धुने, कौसी, भर्‍याङ, दैलो र सङ्घारसम्म सफा गरी बत्ती बाल्ने तयारी सुरु भएको छ । साँझपख घर–घरमा तेल र मैनबत्तीको उज्यालो छर्ने क्रमसँगै देवी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • २६९ पटक पढिएको
    • समृद्धिपथ
  • लहान–१५ की धनकुमारी राईले १२ सन्तान जन्म दिँदै नयाँ रेकर्ड कायम

    लहान–१५ बेतहाकी ४२ वर्षीया धनकुमारी राईले १२ सन्तान जन्म दिएर नयाँ रेकर्ड कायम गरेकी छन्। सुन्दा अचम्म लाग्ने यो घटनाले लहान नगरमा मात्र होइन, सम्पूर्ण समाजमा स्वास्थ्य शिक्षा र जनचेतनाको अभावबारे गम्भीर प्रश्न उठाएको छ। धनकुमारी राईले हालै लहानस्थित रामकुमार–सारडा–उमाप्रसाद स्मारक अस्पतालमा १२औं सन्तानका रूपमा एक छोरीलाई जन्म दिएकी हुन्। उनीसहित हाल उनका ९ जना सन्तान (४ छोरा र ५ छोरी) जीवित छन् भने ३ सन्तानले जन्मिएलगत्तै संसार देख्न पाएका छैनन्। सुत्केरीको अवस्थाबारे जानकारी पाएपछि लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी अस्पताल पुगेर धनकुमारीको स्वास्थ्य अवस्थाबारे जानक

    • प्रकाशित मितिः असोज २९, २०८२
    • १५८ पटक पढिएको
    • समृद्धिपथ
  • लिटिल स्टार स्कुलद्वारा बिरामीलाई फलफूल वितरण

    फिरोज सिद्दिकी  लहान । सामाजिक उत्तरदायित्वका रूपमा लिटिल स्टार सेकेन्डरी इंग्लिश स्कुल, लहानले लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ। स्कुलले बिहीबार अस्पतालमा उपचाररत ८८ जना बिरामीहरूलाई केरा, स्याउ, हर्लिक्स, बिस्कुट र फ्रूटी जुससहितको फलफूल वितरण गरेको हो। फलफूल वितरण कार्यक्रम स्कुलका फाउन्डर प्रिन्सिपल जय प्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्कुलका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको समेत उपस्थिती रहेको थियो। प्रिन्सिपल चौधरीका अनुसार, समाजसेवा र मानवताको भावना जगाउने उद्देश्यले हरेक

    • प्रकाशित मितिः असोज २९, २०८२
    • ३४९ पटक पढिएको
    • समृद्धिपथ
  • बारा र पर्सामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने

    काठमाडौं । बारा र पर्सामा फैलिएको हैजा महामारी र पछिल्लो वर्षाको बाढीले सिर्जना गरेको उच्च जोखिमलाई मध्यनजर गर्दै ती जिल्लामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले असोजदेखि कात्तिक महिनासम्म “हैजा रोग विरुद्धको प्रतिकार्य खोप अभियान, २०८२” सञ्चालन गर्ने तयारी गरेको हो। परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै पर्सा जिल्लामा असोज २६ गतेदेखि र बारा जिल्लामा असोज २९ गतेदेखि खोप अभियान सुरु भई तिहारअघि सम्पन्न गरिने बताए। उनका अनुसार खोप अभियानले दुवै जिल्लाका उच्च जोखिम

    • प्रकाशित मितिः असोज २३, २०८२
    • २७५ पटक पढिएको
    • समृद्धिपथ
  • लहान बाढीबाट अहिलेसम्म खतरामुक्त

      जीवछ उदासी  लहान,असोज १९ गते  दुई दिनदेखि भइरहेको अविरल वर्षाको कारण देशका विभिन्न भागहरुमा धनजनको क्षति भएपनि लहान नगरपालिका भएर खुटी र बलानको बाढीबाट खतरामुक्त रहेको छ ।  लहान नगरपालिका -४ इस्लामपुर र सुन्दरपुर खुटी र बलान बग्ने दोभानमा विगत वर्षहरुमा आएको बाढीले कटान तीब्र रुपमा भएपनि हिजो र आजको वर्षाले कुनै असर देखिएको छैन् ।   बलान नदी पूर्वी किनारा सप्तरीतर्फबाट वग्ने धार बनाएपछि र इस्लामपुर र सुन्दरपुरमा बनाएको स्परले कटान नभएको स्थानीहरुले सुनाउनुभयो । स्थानीयहरुको अनुसार आज बिहानदेखि राहत महसुस गरिएपनि शनिबार राति बाढीले बस्ती नै बगाउने हो कि त्रा

    • प्रकाशित मितिः असोज १९, २०८२
    • ३५३ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A