२ असार, लहान । नेपाल उद्यमी व्यवसायी कल्याण संघ, लहान, सिरहा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाऔं महाअभियानले साना उद्यमी, श्रमजीवी, किसान र विपन्न वर्गको हितका लागि ९ बुँदे मागसहित संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। लहानमा आयोजित पत्रकार सम्मेलनमार्फत सोमबार जारी विज्ञप्तिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक तथा सरकारको मौजुदा आर्थिक नीतिलाई जनविरोधी र पूँजीपति–मुखी भन्दै कडा आलोचना गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “मुलुकको आर्थिक विकासले गति लिन नसक्नुमा वित्तीय माफियाको चलखेल, बैंक तथा वित्तीय संस्थाको मनोमानी ब्याजदर, अराजक ऋण नीतिहरू जिम्मेवार छन्।”
फिरोज सिद्दिकी लहान, जेठ २९ गते । सरकारद्वारा सुनचाँदी गहनामा लगाइएको विलासिता कर खारेज गर्न माग गर्दै लहानका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको अगुवाइमा विहीबार लहानमा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएका हुन्। व्यवसायीहरूका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी गहनामा गरिएको कर वृद्धि व्यवसायमै संकट निम्त्याउने खालको रहेको छ। सरकारको निर्णयविरुद्ध आज र भोलि देशभरका सम्पूर्ण सुनचाँदी पसल बन्द रहने संघले जनाएको छ। लहान सुनचाँदी व्यवसायी संघ लहानका अध्यक्ष नन्दकिशोर गुप्तासहित प्रतिनिधिमण्डलले इ
फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाले नगरभित्रको फुटपाथ खाली गराउँदै आएको प्रयास स्वागत योग्य मानिएको छ। तर, यस कार्यमा काखा पाखा गरिएको भन्दै स्थानीय व्यापारी र नगरवासीले आक्रोश व्यक्त गरेका छन्। लहान–५ स्थित राधाकृष्ण चौकमा बिच सडकमै ठेला र टहरा राखेर व्यापार भइरहे पनि नगर प्रहरीले यसतर्फ ध्यान नदिएको स्थानीयको आरोप छ। यस्ता अव्यवस्थित व्यवसायहरूले पैदल यात्रीलाई समस्या मात्रै नभएर सवारी दुर्घटनाको जोखिम समेत बढाएको छ। त्यहाँ कुनै सडक दुर्घटना भएमा जिम्मेवारी कसले लिने भन्ने प्रश्न समेत उठ्न थालेको छ। सटर भाडामा लिएर व्यवस्थित रूपमा व्यापार गर्दै आएका व्यापारीहरूले फुटपाथ र सडकमा भ
लहान । लहान नगरपालिकाको ४४ लाख रुपैयाँ बक्यौता प्रकरणले हाल नगरवासीको ध्यान खिचेको छ। चौधरी इलेक्ट्रोनिक्सबाट उधारोमा लिइएको सामानको भुक्तानी २४ महिनासम्म रोकिएको घटनाले मेयर महेश चौधरी र प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको भूमिकामाथि गम्भीर प्रश्न उठाएको हो। चौधरी इलेक्ट्रोनिक्सकी सञ्चालिका शिला चौधरीले आफ्नो सामानको रकम भुक्तानी नपाएपछि नगरपालिका प्रशासनमाथि आक्रोश पोख्दै हालै प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा पुगेकी थिइन्। “म अब सहन सक्दिन। भुक्तानी दिनुस्, नत्र मलाई पासो लगाएर मार्नुस्,” आक्रोशित स्वरमा उनले भनिन्। उनका अनुसार, नगरपालिकाले विद्युत सामग्री खरिद गर्ने क्रमम
फिरोज सिद्दिकी लहान । महालेखापरीक्षकको कार्यालयले लहान नगरपालिकामा आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै १ अर्ब २० करोड २७ लाख ३ हजार रुपैयाँ बेरुजू रहेको तथ्यांक सार्वजनिक गरेको छ। नगरपालिकाको आर्थिक व्यवस्थापन र आर्थिक विवरणको लेखापरीक्षणपछि प्रतिवेदनमा ३५ करोड २२ लाख ५४ हजार रुपैयाँ थप बेरुजू भेटिएको उल्लेख छ। यो रकममध्ये १ करोड ८५ लाख २ हजार असुल गर्नुपर्ने, २० करोड ५२ लाख ८२ हजार प्रमाण कागजात पेश गर्नुपर्ने, ११ करोड ३ लाख ४३ हजार नियमित गर्नुपर्ने र १ करोड ८१ लाख २८ हजार पेश्की बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको हो। महालेखापरीक्षकको कार्यालयद्वारा जारी प्रतिवेद
लहान । सि.जी. हिरोको दशैं-तिहार “एक्कासी मालामाल अफर“ अन्तर्गत लहानका राम किशुन यादवले पाँच लाख रुपैयाँ नगद क्यास ब्याक जित्नुभएको छ। यादवले हिरोको लोकप्रिय मोडल स्पलेण्डर प्लस, सिटी ट्रेड कन्सर्न, लहान सोरुमबाट खरिद गर्नुभएको हो। सि.जी. हिरोले दशैं-तिहार २०८१ को अवसरमा “दुई चक्के किन्दा चार चक्के उपहार“ अफर सार्वजनिक गरेको छ। अफर अनुसार हिरो ब्रान्डका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्दा स्क्र्याच कार्ड मार्फत नगद ५ लाखसम्म जित्न सकिन्छ भने बम्पर उपहारमा एउटा भीआईभी कारसमेत जित्ने अवसर रहेको छ। नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्डहरूमध्ये एक हिरोले नय
फिरोज सिद्दिकी लहान, असोज १८ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकाशिएको छ, जसका कारण उपभोक्ताहरू आर्थिक मारमा परेका छन्। तर पनि अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको सरोकारवाला एवम् सरकारी निकाय दसैंतिहार नजिकिन थाल्दा मात्रै बजार अनुगमनमा सक्रिय देखिन थालेका हुन्। यो वर्ष मात्रै होइन हरेक वर्ष लहानमा चाडपर्व दसैं अगाडिदेखि बजार अनुगमनको कर्मकाण्ड यही रुपमा चलिरहेको छ। अरु बेला कुम्भकर्ण जस्तो सुतेर बस्ने नियमनकारी निकाय चाडपर्वका बेला एकाएक चल्मलाउँछ। मानौं गुणस्तहीन खाद्यवस्तुले चाडपर्वमा मात्रै मानिसको स्वास्थ्यमा हानी गर्छन्। विगतमा जस्तै चाडपर्वको मुखमा आएर
फिरोज सिद्दिकी लहान । दलित जनकल्याण युवा क्लब लहानको १८औं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । सोमबार लहान स्थित मारवाडी सेवा सदनको हलमा भएको १८औं बार्षिक सामाजिक लेखाजोखा कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक विनोदकुमार विसुनकेले संस्थाको परिवेश अवधारणा, सँस्थाको परिकल्पना, मुख्य रणनीतीहरु, संस्थाका कार्यक्षेत्र, संस्थाले लक्षित वर्गमा गरेको काम र मुल्य, मान्यता लगायतका बारेमा जानकारी गराउँदै संस्थाले विभिन्न साझेदारी संस्थाहरुसंग गरेका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । दलित जनकल्याण युवा क्लबले स्थानीय अधिकार कार्यक्रम, विकन परियोजना र हरवा चरवा सशक्तिकरण कार्
फिरोज सिद्दिकी लहान । नेपाल उद्यमी व्यवसायी कल्याण संघले नेपाल बैंकका गर्भनर र संघिय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । मुलुकको वर्तमान आर्थिक तथा वित्तीय नीतिप्रति कडा आपत्ति जनाउदै संघर्ष समितिले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा संघले नेपाल सरकारले लागू गरेको जनविरोधी आर्थिक नीतिका कारण साना उद्यमी, किसान र गरिब जनता ठूलो संकटमा परेको आरोप लगाएको छ । बैंकको स्वेच्छाचारी व्याज असुली र वित्तीय संस्था तथा लघुवित्त कम्पनीको अत्याधिक दबाबका कारण देशका एक हजार ५ सयभन्दा बढी साना उद्यमीले आत्महत्या गर्नुका साथै धेरै परिवार घरबारविहीन भएको संघको भनाइ छ । ज्ञा
फिरोज सिद्दिकी लहान । नेपाल उद्यमी व्यवसायी कल्याणकारी संघ, लहान सिरहाले एक विज्ञप्ति जारी गर्दै नेपाली अर्थतन्त्रमा गम्भीर आरोप लगाउदै नेपालको अर्थतन्त्र वित्तीय माफियाको नियन्त्रणमा रहेको भन्दै संघले १५ सयभन्दा बढी साना उद्यमी, किसान र समाजसेवीले आत्महत्या गरेको आरोप लगाएका छन् । बुधबार सिरहाको लहानमा पत्रकार सम्मेलन गर्दै जारी गरिएको प्रेस विज्ञप्ति मार्फत सो आरोप लगाएका हुन् । संघका अध्यक्ष खडग नारायण चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- बैंक तथा वित्तीय संस्थाहरुको कारण लाखौं महिला घरबारविहीन भएका छन् भने १० लाखभन्दा बढी साना किसान र व्यापारीहरू जीविकोपार्जनका साधनबाट वञ्चित भए
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A