समाज

    Showing १-१० of ८५९ items.
  • गुठी र बिटौरी जग्गा फुकुवा प्रक्रिया अघि बढेपछि स्थानीयमा खुसी

    लहान । सिराहामा गुठी तथा बिटौरी जग्गा फुकुवा प्रक्रिया अघि बढेपछि लामो समयदेखि जग्गासम्बन्धी समस्यामा परेका स्थानीयले राहत महसुस गरेका छन्। प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताको पहलमा लक्ष्मीपुर पतारी गाउँपालिका–६, सीतापुर देवारीस्थित रामजानकी गुठीको जग्गा र लहान नगरपालिकाको सहरी क्षेत्रका बिटौरी जग्गा फुकुवा प्रक्रिया अगाडि बढेको हो। वर्षौंदेखि जग्गा रोक्का हुँदा स्थानीय जग्गाधनी खरिदबिक्री, लालपुर्जा प्राप्ति तथा बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कारोबार गर्नबाट वञ्चित हुँदै आएका थिए। लक्ष्मीपुर पतारी गाउँपालिका–६, सीतापुर देवारीमा २०७२ सालदेखि रोक्का रहेको रामजानकी गुठीअन्तर्गत

    • प्रकाशित मितिः कार्तिक ९, २०८३
    • ४२ पटक पढिएको
    • समृद्धिपथ
  • चाडपर्व लक्षित ट्राफिक चेकिङसँगै सडक सुरक्षा सचेतना अभियान

    फिरोज सिद्दिकी  लहान, ६ कात्तिक। जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिराहाले चाडपर्वलाई लक्षित गर्दै पूर्व–पश्चिम राजमार्ग तथा हुलाकी राजमार्गमा विशेष चेकिङ र सडक सुरक्षा सचेतना अभियान सञ्चालन गरेका छन्। “मर्यादित चालक, सुरक्षित यात्रा” भन्ने मूल नाराका साथ कार्यालय तथा मातहतका ट्राफिक प्रहरी युनिटहरूले सवारी चालक, यात्रु र सर्वसाधारणलाई ट्राफिक नियम, सडक सुरक्षा तथा सुरक्षित सवारी सञ्चालनसम्बन्धी जानकारी गराएका हुन्। अभियानका क्रममा ट्राफिक चिह्नहरूको अर्थ, गति सीमाको पालना, सिट बेल्ट तथा हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, ओभरटेक गर्दा अ

    • प्रकाशित मितिः कार्तिक ७, २०८३
    • १८५ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिका–७ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

    लहान, सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। नगर प्रमुख महेश प्रसाद चौधरीले भवनको उद्घाटन गरेका हुन्। वडा अध्यक्ष राम अवतार शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा वडावासीहरूको उपस्थिति रहेको थियो। नवनिर्मित भवनबाट स्थानीय नागरिकलाई सहज, सुलभ, छरितो तथा प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। व्यवस्थित भौतिक पूर्वाधारसहितको नयाँ भवनले वडा कार्यालयको प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनुका साथै सेवाग्राहीलाई सेवा लिन सहज वातावरण उपलब्ध गराउने विश्वास लिइएको छ। नया

    • प्रकाशित मितिः कार्तिक ५, २०८३
    • १०२ पटक पढिएको
    • समृद्धिपथ
  • लहानको दुर्गा पूजामा अघोरीको अनौठो प्रस्तुति, भक्तजनको ध्यान आकर्षित

    लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अनौठो प्रस्तुतिले भक्तजन तथा मेला अवलोकन गर्न पुगेका दर्शकको ध्यान आकर्षित गरेको छ। माता दुर्गाको पूजाआराधना भइरहेका बेला प्रस्तुत गरिएको अघोरीको शैलीले धार्मिक आस्था, साधना र आध्यात्मिक परम्पराप्रति चासो राख्नेहरूलाई आकर्षित गरेको हो। हिन्दू धर्ममा माता दुर्गालाई शक्ति, साहस र दुष्ट शक्तिमाथि विजयको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ। विशेषगरी बडादसैँ तथा नवरात्रका अवसरमा दुर्गा मन्दिरहरूमा पूजाआराधना, धार्मिक अनुष्ठान र सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छन्। यही धार्मिक वातावरणबीच अघोरीको प्रस्तुतिले लहानको दुर्गा पूजा परिसरमा थप आकर्षण स

    • प्रकाशित मितिः कार्तिक १, २०८३
    • ९६ पटक पढिएको
    • समृद्धिपथ
  • झिझिया नृत्यमा ‘डायन’सम्बन्धी गीत बजाएको विषयमा विवाद, सांसद विद्रोहीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

    लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक कार्यक्रममा झिझिया नृत्यका क्रममा ‘डायन’सम्बन्धी गीत बजाइएको विषयलाई लिएर मधेश प्रदेशसभा सदस्य ललिता दास विद्रोही र नेपाली कांग्रेस लहान नगर कार्यसमितिबीच विवाद उत्पन्न भएको छ। सांसद विद्रोहीले उक्त गतिविधिप्रति आपत्ति जनाएकी छन् भने कांग्रेसले नगर प्रमुख महेशप्रसाद चौधरी र उनको परिवारलाई लक्षित गरी अमर्यादित टिप्पणी गरिएको आरोप लगाउँदै कारबाहीको माग गरेको छ। लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी अध्यक्ष रहेको दुर्गा मन्दिरअगाडि आयोजित धार्मिक जागरण कार्यक्रममा झिझिया नृत्यका क्रममा ‘डायन’सम्बन्धी गीत बजाइएको भन

    • प्रकाशित मितिः असोज २८, २०८३
    • १५१ पटक पढिएको
    • समृद्धिपथ
  • मेला–महोत्सव राति १० बजेपछि सञ्चालन गर्न रोक, प्रशासनको अनुमति अनिवार्य

    फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाभित्र आयोजना हुने मेला, महोत्सव, जात्रा तथा चाडपर्वका कार्यक्रम राति १० बजेपछि सञ्चालन नगर्न आग्रह गरेको छ। प्रशासनले शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न र धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पर्न नदिन आयोजकलाई सचेत गराएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वार जारी सूचनामार्फत मेला–महोत्सवका अवसरमा हुने सांस्कृतिक, मनोरञ्जनात्मक, नाचगानलगायतका कार्यक्रम राति १० बजेपछि सञ्चालन नगर्न तथा नगराउन अनुरोध गरिएको छ। सूचनामा ठूलो आवाजमा डिजे (DJ), साउण्ड सिस्टम तथा बाजागाजा नबजाउन र प्रचलित कानुन तथ

    • प्रकाशित मितिः असोज २६, २०८३
    • २८३ पटक पढिएको
    • समृद्धिपथ
  • दशैंमा दुलहीझैँ सिँगारियो लहानको दुर्गा मन्दिर, दर्शनार्थीको घुइँचो

    लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका–७ स्थित ऐतिहासिक दुर्गा मन्दिर झिलिमिली बत्ती र आकर्षक सजावटले दुलहीझैँ सिँगारिएको छ। मन्दिर परिसरदेखि प्रवेशमार्गसम्म गरिएको सजावटले भक्तजन तथा सर्वसाधारणलाई आकर्षित गरेको हो। नवनिर्मित मन्दिरको आकर्षक स्वरूप अवलोकन गर्न र दुर्गा भवानीको दर्शन गर्न विभिन्न स्थानबाट श्रद्धालुहरू पुगिरहेका छन्। मन्दिर परिसरमा पूजाआजा गर्ने भक्तजनसँगै तस्बिर खिच्ने तथा रील्स र टिकटक भिडियो बनाउने युवायुवतीको समेत उल्लेख्य भीड देखिएको छ। दशैंको धार्मिक उत्सवसँगै मन्दिरमा बढेको चहलपहलले लहानको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको छ। आकर्षक सजावट

    • प्रकाशित मितिः असोज २३, २०८३
    • १६६ पटक पढिएको
    • समृद्धिपथ
  • ५ ग्राम ब्राउन सुगरसहित २० वर्षीय युवक पक्राउ

    सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरबाट प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–७ का करिब २० वर्षीय अजय कुमार यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत बन्दीपुरमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारीसाधन जाँचको क्रममा पक्राउ गरेको हो। पूर्वबाट पश्चिम पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१ ख ०२२१

    • प्रकाशित मितिः असोज १७, २०८३
    • १५४ पटक पढिएको
    • समृद्धिपथ
  • जितिया पर्व सुरु, सन्तानको दीर्घायु र पारिवारिक सुख शान्तिको कामनामा महिलाको कठोर व्रत

    लहान । सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता तथा पारिवारिक सुख शान्तिको कामना गर्दै मिथिलाञ्चलमा मनाइने पवित्र जितिया पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ। सिराहा, सप्तरी, धनुषालगायत मिथिला क्षेत्रका महिला आज ‘नहा खा’ अर्थात् नुहाएर खाने विधि पूरा गर्दै पर्वको धार्मिक अनुष्ठानमा सहभागी भएका छन्। जितिया पर्व विशेषगरी तराई मधेस क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायका महिलाले श्रद्धा र निष्ठापूर्वक मनाउने गर्छन्। पर्वका अवसरमा महिलाहरूले सन्तानको दीर्घजीवन, सुस्वास्थ्य, सफलता तथा परिवारको सुख शान्तिका लागि भगवान् जितमाहनको पूजा आराधना गर्दै कठोर उपवास बस्ने परम्परा छ।

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ९१ पटक पढिएको
    • समृद्धिपथ
  • सिराहामा फेरि ठूलो परिमाणमा ११ क्विन्टलभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

    सिराहा । सिराहाको सुखीपुर नगरपालिका–१० गागनखोला क्षेत्रबाट सशस्त्र प्रहरीले एकैपटक ११ क्विन्टलभन्दा बढी प्रतिबन्धित गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा ठूलो परिमाणमा गाँजा बरामद भएपछि सिराहाबाट हुँदै आएको लागुऔषध ओसारपसारमाथि सुरक्षा निगरानी थप कडा भएको देखिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टरबाट प्राप्त विशेष सूचनाका आधारमा गण, गोलबजार र सुखीपुरबाट परिचालित २९ जनाको संयुक्त टोलीले सुखीपुर नगरपालिका–१० स्थित गागनखोला नजिक विश्वकर्मा चोक क्षेत्रमा कारबाही गरेको थियो। कारबाहीका क्रममा १ हजार १०२ किलो ६ सय ५५ ग्राम अर्थात् ११ क्विन्टल २.६५५ किलो

    • प्रकाशित मितिः असोज १५, २०८३
    • ११५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A