भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश दिँदै दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका छन् । दुई देशबीचको सदियौँ पुरानो संस्कृति, सभ्यता र खुला सिमानाका कारण दुई देशका नागरिकबीच बलियो सम्बन्ध कायम गरेको भारतीय प्रधानमन्त्री मोदीले सन्देशमा उल्लेख गरेका छन् । पछिल्लो समय दुई देशबीच कनेक्टिभिटी र ऊर्जालगायत क्षेत्रमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै उनले दुई देशको समग्र विकासमा साझेदारी र सहकार्य गर्न नेपालका प्रधानमन्त्री ओलीलाई आग्रह गरे । ‘भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल विशेष र प्राथमिकता साझेदार
जीवछ उदासी लहान,असार ३ गते । लहान नगरपालिकाको शहरी क्षेत्र वडा नम्वर -७ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयका शिक्षकहरु बैशाखदेखि असारसम्म तीन महिनाको तलब खान नपाउँदा चिन्तित भएका छन् । तीन महिनाको निकासा लहान नगरपालिका शिक्षा शाखाले निकासा गरेपछि पशुपति आदर्श माध्यमिक विद्यालय बाहेक सबै सामुदायिक विद्यालयका शिक्षकहरुले पाइसकेका छन् । विद्यालय व्यवस्थापन समितिको विवाद चर्किदै गएपछि अदालतसम्म न्यायको लागि मुदा मामिलाको लागि न्यायको लागि अदालतसम्म पुगेको हो । अदालती झमेलाको कारण तलव खान नपाएको त्यस विद्यालयका शिक्षक तथ लहान नगरपालिका शिक्षक सं
काठमाडौँ । समाजवादी मोर्चाले कांग्रेस–एमाले गठबन्धनको सरकारबाट प्रगतिशील यात्रा सम्भव नभएको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको उक्त सरकारले देशलाई यथास्थिति र पश्चगमनतर्फ उद्धत गर्ने बैठकले निष्कर्ष निकालेको हो । ‘भर्खरै नेपालको राष्ट्रिय राजनीतिमा नयाँ घटना घटेको छ । यो लगायत देशको समग्र स्थितिका बारेमा गम्भीर समीक्षा भएको छ’, बैठकपछि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले भने, ‘यो घटनाले प्रगतिशील यात्रातर्फ अघि बढेको देशलाई यथास्थिति र पश्चगमनतर्फ उद्धत गर्न खोजेको देखिन्छ । यसबारे बैठकमा गम्भीर चिन्ता प्रकट गरिएको छ ।’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने पहिलो निर्णय गरेका छन् । चौथो पटक प्रधानमन्त्री बनेका ओलीले कीर्तिपुर मैदानमा दर्शक बस्नका लागि प्यारापिट बनाउने पनि निर्णय गरे । यस्तै, त्यहाँ रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यसका लागि ३ सय दिनको समयअवधि तोकिएको छ।
जीवछ उदासी लहान,असार २७ गते । लायन्स क्लव अफ फूलवारीले सामुदायिक विद्यालयको खुल्ला ठाउँमा वृक्षारोपन कार्यलाई अघि बढाएको छ । पर्यावरण दिवसको अवसरमा सुुरु गरिएको वृक्षारोपन कार्यलाई सताव्यापी रुपमा अघि बढाएको हो । क्लवका अध्यक्ष शङकर प्रसाद गुप्ताको अनुसार वातावरणको दिवसको अवसरमा सुरु गरिएको वृक्षारोपन कार्यक्रम अन्तर्गत बुधवार लहान-१७ स्थित श्री जनता आघारभूत विद्यालय बलानसेर -१७ मा अम्बा आँप गुलमोहर लगायत वातावरणमैत्री विरुवा रोपिएको हो । विद्यालयमा क्लबबाट विरुवा रोपेर ठूलो गुण लगाएको त्यस विद्यालयका प्रधानाध्यापक मदन मण्डलले बताउनुभयो । अति विपन्न ग
जीवछ उदासी लहान,असार १९ गते । सखुवानन्कारकटि गाउँपालिका -३ परिहारपुर चोकमा रहेको प्रमेवर वचत तथा रोन सहकारीमा मङ्गलवार राती चोरी भएको छ । सहकारीका प्रवन्धक सन्तोष कुमार यादवका अनुसार कम्प्युटर र नगद सहित तीन लाख पचहतर हजार चोरी भएको हो । सहकारीको सटर ढिका तोड्दा र चोरी गर्दा एक घण्टाभन्दा बढी समय लागेको हुनुपर्छ। यत्रो समय लगाएर चोरी गर्दा नजिकै रहेको २ किलोमिटर दक्षिणमा रहेको इलाका प्रहरी कार्यालय महेश्वारीको गस्ती आएको भए चोर समातिने थियो । एक महिना अघि एक लाख ह्याक गरेर रकम निकालेको थियो । ह्याकर समात्न इलाका प्रहरी कार्यालय लहानमा दिएको निवेदन उपर कुनै सुनवाइ भएको छै
असार १० गते सुखीपुर नगरपालिका, बरियारपटि गाउँपालिका, नवराजपुर गाउँपालिका, भगवानपुर गाउँपालिका र सखुवानन्कारकटि गाउँपालिकाको नीति तथा कार्यक्रम बजेट प्रस्तुतीकरण कार्यक्रममा आंशिक रुपमा सहभागी हुन पाए एक संचारकर्मीको रुपम । पालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीकरणपछि शुभकामना मनतव्यमा व्यक्त भएको साझा सुझावको रुपमा आएकाो बजेट पूर्ण रुपमा कार्यान्वयन हुनु परयो । यसको अर्थ प्रष्ट हुन्छ कि - शब्द र योजनाहरु सुन्दर भएपनि कार्यान्वयन पक्ष फितलो रहयो । अब त्यस्तो नहोस् । बोली र ब्यवहारमा समानता देखियोस् । कागजी घोडा जस्तै कामको घोडा दौडिनु परयो । पारदर्शिता सहमति सहकार्य र एकताको वा
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थी मात्रै उच्च शिक्षा हासिल गर्न पाउने भएका छन्। ४७.८६ प्रतिशत विद्यार्थीमात्रै कक्षा ११ पढ्न पाउनेछन्। परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले ग्रेड वृद्धि परीक्षा नदिइ उच्च शिक्षा हासिल गर्न पाउने छैनन्। यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको छ। सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा
सिरहा । सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ७ कसहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतिर आउँदै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको स. ५ प १९९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाइ ८ का ३१ वर्षीय राजेश्वर यादव र १४ वर्षीय लालबाबु यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पडिण्तले उनीहरू दुवैको दुर्घटनामा मृत्यु भएको जानकारी दिए । दुर्घटनामा परि
जीवछ उदासीलहान, जेठ ३० गते लहान नगरपालिकाका पूर्व नगरप्रमुख मुनि साह नमूना गाई पालन गर्न जुटनु भएको छ । राजनीति र उत्पादनलाई सँगै लैजाने उद्येश्यले विहानको समयमा नेता कार्यकर्तासँग बिताउने र १२ बजेपछिको समय गाईको स्याहार गर्न खर्चि रहनु भएको छ । लहान नगरपालिका –९ मा गाई पालन कुखुरा पालन बाख्रा पालन परेवा र माछा पालनको एकिकृत कृषि फार्म सञ्चालनमा ल्याएर समय विताइ रहनु भएको पूर्व नगरप्रमुख मुनि साह नाम मात्रको कृषि फार्म होइन, व्यवस्थित फार्म सञ्चालन गरेर रोजगारी र आम्दानी गरेर राजनीतिमा समेत टिक्न सक्ने उद्येश्यले कृषि फार्म चलाई रहनु भएको छ । अहिले डेढ दर्जन गाई दुई दर्जन बाख्रा
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A