नेपालमा कोरोनाबाट थप एकको मृत्यु, बुधबार थपिए २०१ संक्रमित

  • जेठ २१, २०७७
  • समृद्धिपथ
alt

धरान/ नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।

काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दोलखाका ७६ वर्षीय वृद्धको बुधबार ज्यान गएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सुरुमा सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना भएका उनलाई कोरोना देखिएपछि त्रिविमा पठाइएको थियो ।

उनको उपचारको क्रममा निधन भएपश्चात् सुरक्षा सतर्कता बढाइएको छ । नेपालमा बुधबार मात्रै २०१ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कुल संख्या २३ सय पुगेको छ ।

मन्त्रालयका अनुसार धनकुटामा एक जना कोरोना संक्रमित थपिएका छन् । यसअघि धनकुटामा ७ जनामा कोरोना संक्रमण देखिएको थियो । धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवामा कोरोना संक्रमण देखिएको हो । उनी केही दिनअघि भारतबाटै नेपाल प्रवेश गरेका थिए । उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

बुधबार सुनसरीमा भारतबाट आएका ७ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै तेह्रथुममा पनि एक जनामा कोरोना देखिएको छ । पाँचथरमा एक जना र झापामा २ जना थपिएका छन् । ताप्लेजुङमा ३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ जा, सप्तरीमा १ जना कोरोना संक्रमित थपिएका हुन् ।

लहानदेखि गोठडाँडा सम ...

जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिन ...

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A