सुनसरीमा ७ जनामा देखियो कोरोना

  • जेठ २१, २०७७
  • समृद्धिपथ
alt

इटहरी/ सुनसरीका सातजना कोरोना संक्रमण पुष्टि भएको छ । दुई हप्ताअघि भारतबाट आएका सातजना कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी इस्राइल मन्सुरीका अनुसार भारतको गुजरातबाट आएका उनीहरूमा पीसीआर टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो ।

भोक्राहा नरसिंह गाउँपालिका ८ को जामिया जियाउल उलुम मदरसाको क्वारेन्टाइनमा रहेका ५३ जनामध्ये पीसीआर टेस्ट गर्दा सातजना संक्रमित पाइएकाे हाे ।

कोरोना संक्रमण पुष्टि हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का एक पुरुष, वार्ड नम्बर ४ का चार पुरुष, वार्ड नम्बर ५ र वार्ड ८ का एक-एक पुरुष गरी सात जनामा कोरोना देखिएकाे हाे ।

पाँच दिनअगाडि कोशी अस्पताल विराटनगरबाट आएका स्वास्थ्यकर्मी टोलीले उनीहरूको स्वाब टेस्ट गरेका थिए । कोरोना संक्रमण पाइएपछि उनीहरूलाई थप उपचारका लागि धरान पठाउने तयारी गरिएको छ ।

यता जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता विनोद शर्माले पनि कोरोना भेटिएको बताएका छन । तथापी स्वास्थ्य मन्त्रालयले भने सार्वजनिक गरेको छैन । यो संगै सुनसरीमा कोरोना संक्रमितको संख्या ११ जना पुगेको छ ।

लहानदेखि गोठडाँडा सम ...

जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिन ...

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A