सुनसरीमा ७ जनामा देखियो कोरोना

  • जेठ २१, २०७७
  • समृद्धिपथ
alt

इटहरी/ सुनसरीका सातजना कोरोना संक्रमण पुष्टि भएको छ । दुई हप्ताअघि भारतबाट आएका सातजना कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी इस्राइल मन्सुरीका अनुसार भारतको गुजरातबाट आएका उनीहरूमा पीसीआर टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो ।

भोक्राहा नरसिंह गाउँपालिका ८ को जामिया जियाउल उलुम मदरसाको क्वारेन्टाइनमा रहेका ५३ जनामध्ये पीसीआर टेस्ट गर्दा सातजना संक्रमित पाइएकाे हाे ।

कोरोना संक्रमण पुष्टि हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का एक पुरुष, वार्ड नम्बर ४ का चार पुरुष, वार्ड नम्बर ५ र वार्ड ८ का एक-एक पुरुष गरी सात जनामा कोरोना देखिएकाे हाे ।

पाँच दिनअगाडि कोशी अस्पताल विराटनगरबाट आएका स्वास्थ्यकर्मी टोलीले उनीहरूको स्वाब टेस्ट गरेका थिए । कोरोना संक्रमण पाइएपछि उनीहरूलाई थप उपचारका लागि धरान पठाउने तयारी गरिएको छ ।

यता जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता विनोद शर्माले पनि कोरोना भेटिएको बताएका छन । तथापी स्वास्थ्य मन्त्रालयले भने सार्वजनिक गरेको छैन । यो संगै सुनसरीमा कोरोना संक्रमितको संख्या ११ जना पुगेको छ ।

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

जेएस मुरारका क्याम्प ...

    जीवछ उदासी  लहान,बैशाख २८ गते ।&n ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A