कोरोनालाई जितेर घर फर्किए अर्का युवा हुसैन

  • जेठ २२, २०७७
  • समृद्धिपथ
alt

धीरेन्द्रप्रसाद साह

राजविराज, जेठ २२ गते । सप्तरीको प्रथम कोरोना सङ्क्रमित व्यक्ति कोरोना भारसरलाई जितेर बिहीबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोनालाई जितेका जिल्लाको डाक्नेश्वरी नगरपालिका–३, हटेलका १८ वर्षीय नसिम हुसैनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले फूलको माला र अबिर लगाई खादा ओढाएर सम्मानपूर्व बिदाइ गर्नुभएको छ । अस्पतालका कोभिड–१९ व्यवस्थापनका संयोजक डा. रञ्जीतकुमार झा, नर्स तथा उहाँको उपचारमा खटिनुभएका स्वास्थ्यकर्मीहरू समेतले फूलको गुच्छा दिएर बिदाइ गर्नुभएको हो ।

भर्ना भएको २५ दिनपछि कोरोनाबाट मुक्त हुनुभएको हुसैनले शरीरको आन्तरिक शक्ति र दृढ इच्छाशक्ति एवम् उच्च मनोबलले कोरोनालई जितेको अनुभव सुनाउँदै अस्पतालमा उपचारको क्रममा डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरूबाट पनि मनोबल पाइएको बताउनुभयो । अस्पतालले उपचार, खानपानमा निकै ध्यान दिएकोको धन्यवाद दिँदै उहाँले भन्नुभयो, ’कोरोनालाई जित्न सजिलो छ, आतिनु हुँदैन । मनोबल उच्च राख्नुपर्छ ।’

सङ्क्रमित भई वैशाख २९ गते अस्पताल भर्ना हुनुभएको उहाँको जेठ ११ र १७ गते दुई पटक स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपाको प्रयोगशालामा पठाइएको थियो । दुवै पटक स्वाब रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. दासले जानकारी दिनुभयो । सङ्क्रमण भएदेखि नै उहाँमा कोरोनाको कुनै किसिमको लक्षण नदेखिएको उहाँले बताउनुभयो ।

चितवनमा मजदुरी गर्दै वैशाख ९ गते १३ जनाको समूहमा पैदल तथा ट्रक सवारी साधन प्रयोग गरी आइपुग्नुभएका उहाँलाई डाक्नेश्वरी नगरपालिकाले सञ्चालन गरेको चन्द्रकान्त माविको क्वारेन्टाइनमा राखिएको थियो । वैशाख २५ गते स्वास्थ्य कार्यालयले उहाँको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको थियो । वैशाख २९ गते त्यहाँबाट पठाइएको रिपोर्टमा उहाँमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । साभारः गोरखापत्र अनलाइन

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A