आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

  • जेठ २३, २०७७
  • समृद्धिपथ
alt

प्रदेश २ मा ६४ लाख बिरुवा रोपिदै

सिरहा । विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन सुरु गरिएको हो।

कोरोना भाइरसले विश्वनै आक्रान्त रहेको बेला लकडाउनका कारण वातावरण सफा रहेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जनाएका छन् ।

दुषित हावा, पानी, धुलो कम भएको छ । सडक सफा रहेको छ । पानि शुद्धता बढेको छ । विहान र साँझका दृष्यहरु रमाइला भएका छन् । यसले गर्दा कोरोना भाइरसको संक्रमण भएकाहरुको स्वास्थ्यमा सुधार होस्, सबैमा कोभिड १९ को संक्रमणबाट लडने क्षमता बढोस् । दुषित वातावरण कम भएको अवस्थामा संक्रमितहरुको स्वास्थ्यमा सुधार आओस्, रोगसंग लडने शक्ति बढोस भन्ने कामना गरिएको थियो ।

स्वास्थ्य मन्त्रलयले नियमित गरेको पत्रकार सम्मेलनमा लकडाउनलाई विस्तारै खुकुलो पार्दै जिवन यापान गर्न सहज हुने कोशिस गरिरहेको जानकारी दिनुभयो ।

यस्तै विश्व वातावरण दिवसको अवसरमा प्रदेश २ का जिल्लामा वृक्षा रोपण सुरु गरिएको छ । ’सुरक्षित जीवनका लागि जैविक विविधता’ भन्ने मुल नाराका साथ यसवर्ष प्रदेश २ मा कम्तिमा ६४ लाखभन्दा बढी बिरुवा रोप्न थालिएको उद्योग, पर्यटन  वन तथा वतावरण मन्त्रालयका सचिव पेमनारायण कडेलले जनाए ।

’प्रदेशभरी हाम्रो वन कार्यालयका नर्सरीमा बिरुवा हुर्काएका छौं। बिरुवाका लागि गाउँ(गाउँबाट माग आएको छ, ’उनले भने, ’सार्वजनिक, ऐलानी, नीजि जग्गामा वृक्षा रोपण सुरु गरिएको छ।’

कोरोना भाइरसले वृक्षा रोपणमा कुनै अवरोध नगर्ने भन्दै उनले भने,’ प्रदेशभरीका डिभिजन वन कार्यालयमार्फतबाट पनि वृक्षा रोपण गर्न थालेका छौं ।’ प्रदेश वन विकास तथा व्यवस्थान कार्यक्रमअन्तर्गत प्रदेश २ मा वृक्षा रोपण थालिएको हो। चुरे जोगाऔं, मधेश बचाऔं भन्ने नाराका साथ डिभिजन वन कार्यालय महोत्तरी एक सात अघिदेखि नै वृक्षा रोपण काम थालिसकेको छ । 

उसले बर्दिबासस्थित नेवारडाँडा(कामीडाँडा सामुदायिक वनको खाली ठाउँबाट वृक्षा रोपण सुरु गरेको हो । वातावरण दिवसको अवसरमा प्रदेश सभा सदस्य सारदा देवी थापासहितका स्थानीयले नेवारडाँडा(कामीडाँडाको भीरपाखामा पहिरो रोकथामका लागि चार सय बाँसका बिरुवा रोपण गर्न सुरु गरेका छन् ।

’खहरेखोल्सीमा पहिरो जान नदिन भित्ता(भित्तामा बाँसका बिरुवा रोपिरहेका छौं,’ डिभिवन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त साहले भने, ’सम्म परेको ठाउँमा साल, सिसो, कर्मा, टिकलगायतका प्रजातिका लगाउँदै छौं ।’ वृक्षा रोपणमा गाउँले, स्थानीय सरकार र राजनीतिक दलको साथले उत्साहित बनाएको उनले बताए ।  

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A