थप २ सय ७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९ सय नाघयो

  • जेठ २३, २०७७
  • समृद्धिपथ
alt

काठमाडौं । शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा  कुल संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

सुर्खेत पञ्चपुरीका एक पुरुषको कोरोना भाइरस संक्रमणका कारण जेठ २२ गते नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जेठ ८ गते भारतबाट आइ १४ दिनसम्म स्थानीय क्वारेन्टिनमा बसी घर फर्किएका पुरुषको मृत्यु भएको बताए । 

उनले क्वारेन्टिनमा आरडिटी परीक्षण गरी पोजेटिभ देखिएपछि घर पठाइएको तर घर पुगेकै दिन मृत्यु भएकोले पीसीआर प्रविधिबाट परीक्षण गर्दा कोरोना पोजेटीभ पाइएको बताए । 

प्रदेश २ मा थप २२ जनामा संक्रमण,संक्रमितको संख्या ९ सय ९३ पुग्यो 

त्यसैगरी प्रदेश २ मा फेरि २२ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै प्रदेशमा संक्रमितको संख्या ९ सय ९३ पुगेको हो। 

मिडिया ब्रिफिङका क्रममा प्रवक्ता देवकोटाले पछिल्लो २४ घण्टामा प्रदेश २ मा २२ जना कोरोना संक्रमित भेटिएको बताए। उनका अनुसार धनुषामा चार, महोत्तरीमा ९, रौतहटमा ६ र बारामा ३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये एक महिला र तीन ९ वर्षीय बालकसमेत रहेका छन्। सबै संक्रमित भारतको विभिन्न सहरबाट फरक फरक मितिमा आएकाहरु छन्। उनीहरुलाई उपचारका लागि सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लगिने सचिव घिमिरेले बताए।

पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । यससँगै अहिलेसम्म संक्रमण भई निको हुनेको संख्या ३ सय ३३ पुगेका छन् ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A