भारत चीन बीच सीमा विवाद बारे कुरा हुंदै

  • जेठ २४, २०७७
  • समृद्धिपथ
alt

इजहार मिकरानी

२४ जेठ । बढ्दो तनावका बीच आज भारत र चीनका उच्च सैनिक अधिकारीहरू सीमा विवाद बारे कुराकानी गर्दैछन् ।

दुबै देशका तीन तारे सैनिक कमाण्डरहरू बीच छलफलका लागि आज ८ः३० को समय तोकिएको थियो ।

भारतको अंग्रेजी दैनिक इण्डियन एक्सप्रेस अनुसार मीटिंगमा पहिले भारतीय पक्षले सीमामा शान्ति र अमन कायम गर्न र दुबै पक्षले दुई देश बीच हस्ताक्षरित सम्झौता र प्रोटोकल पालना गर्ने आग्रह प्रस्तूत गर्नेछ ।

भारत र चीन बीच लगभग एक महिना देखि लद्दाखको वास्तविक नियन्त्रण रेखामा चलि आएको तनावपूर्ण स्थिति र समस्या समाधान गर्न आजको मीटिंग भइरहेको छ ।

अखबारका अनुसार आजको मीटिंगमा भारतको तर्फबाट कोर कमाण्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह र उनका चीनी समकक्षी चुशुल मोल्डोको नेतृत्व रहनेछ ।

यस अघि भारतका रक्षा मन्त्री राजनाथ सिंहले मंगलवार पत्रकारहरू संग कुरा गर्दै चीनी सेना उल्लेख्य संख्यामा भारतीय सीमा क्षेत्रमा छिरिसकेको कुरा स्वीकार गरेका थिए ।

सीमा समस्या समाधान गर्न दुबै देश बीच उच्च सैनिक र कूटनीतिक स्तरमा कुराकानी जारी रहने पनि मन्त्री सिंहले बताएका थिए ।

यसै बीच नेपालले पनि कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो भुभाग रहेको र भारतले त्यसमाथि अवैध कब्जा गरेको दाबी गरेको छ । तर विपक्षी मधेसबादी दलका नेताहरूले नेपाल सरकार र बहुसंख्यक नेपालीहरूको सो दाबीलाई खारेज गर्दै त्यो क्षेत्र नेपाली शासकहरूले नै भारतलाइ बेचेको कुरा बताउंदै आएका छन् ।

उता भारत सरकार र बुद्धिजीवीहरूले नेपाल आफ्नो विशिष्ट मित्र रहेको र दुई देश बीच सीमाबारे देखिएको असझदारी आपसी छलफलबाट समाधान गर्न आफुहरू संधै तयार रहेको बताएकाछन् ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A