भारत चीन बीच सीमा विवाद बारे कुरा हुंदै

  • जेठ २४, २०७७
  • समृद्धिपथ
alt

इजहार मिकरानी

२४ जेठ । बढ्दो तनावका बीच आज भारत र चीनका उच्च सैनिक अधिकारीहरू सीमा विवाद बारे कुराकानी गर्दैछन् ।

दुबै देशका तीन तारे सैनिक कमाण्डरहरू बीच छलफलका लागि आज ८ः३० को समय तोकिएको थियो ।

भारतको अंग्रेजी दैनिक इण्डियन एक्सप्रेस अनुसार मीटिंगमा पहिले भारतीय पक्षले सीमामा शान्ति र अमन कायम गर्न र दुबै पक्षले दुई देश बीच हस्ताक्षरित सम्झौता र प्रोटोकल पालना गर्ने आग्रह प्रस्तूत गर्नेछ ।

भारत र चीन बीच लगभग एक महिना देखि लद्दाखको वास्तविक नियन्त्रण रेखामा चलि आएको तनावपूर्ण स्थिति र समस्या समाधान गर्न आजको मीटिंग भइरहेको छ ।

अखबारका अनुसार आजको मीटिंगमा भारतको तर्फबाट कोर कमाण्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह र उनका चीनी समकक्षी चुशुल मोल्डोको नेतृत्व रहनेछ ।

यस अघि भारतका रक्षा मन्त्री राजनाथ सिंहले मंगलवार पत्रकारहरू संग कुरा गर्दै चीनी सेना उल्लेख्य संख्यामा भारतीय सीमा क्षेत्रमा छिरिसकेको कुरा स्वीकार गरेका थिए ।

सीमा समस्या समाधान गर्न दुबै देश बीच उच्च सैनिक र कूटनीतिक स्तरमा कुराकानी जारी रहने पनि मन्त्री सिंहले बताएका थिए ।

यसै बीच नेपालले पनि कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो भुभाग रहेको र भारतले त्यसमाथि अवैध कब्जा गरेको दाबी गरेको छ । तर विपक्षी मधेसबादी दलका नेताहरूले नेपाल सरकार र बहुसंख्यक नेपालीहरूको सो दाबीलाई खारेज गर्दै त्यो क्षेत्र नेपाली शासकहरूले नै भारतलाइ बेचेको कुरा बताउंदै आएका छन् ।

उता भारत सरकार र बुद्धिजीवीहरूले नेपाल आफ्नो विशिष्ट मित्र रहेको र दुई देश बीच सीमाबारे देखिएको असझदारी आपसी छलफलबाट समाधान गर्न आफुहरू संधै तयार रहेको बताएकाछन् ।

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A